स्थिर सरकारको निराशाजनक विकास, चालु खर्चको तुलनामा विकास खर्च बढ्न सकेन

काठमाडौं– दुई तिहाईको स्थिर सरकारले देश सञ्चालन गरिरहेको छ । संघीय सरकार मात्रै होइन्, अधिकांश प्रदेश सरकार पनि स्थिर नै छन् । अनि असारमै बजेट ल्याएर विकासखर्च बढाउने भनिएपनि सातवटै प्रदेश र केन्द्र सरकारको काम गराईले निराशा पैदा गरिदिएको छ ।
३ खर्ब ५९ अर्ब ५५ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको केन्द्र सरकारको अहिलेसम्म ३० खर्ब ८ करोड ४६ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । छुट्याएको रकमको ८.३८ प्रतिशत मात्रै विकास खर्च हुँनु अपेक्षा गरिएको लक्ष्य भन्दा निक्कै कम हो । हुनत मन्त्रालयगत कामबाट प्रधानमन्त्री केपी ओली पनि सन्तुष्ट छैनन । प्रधानमन्त्रीले त मन्त्रालयको प्रगति विवरण नै माग गरेर आगामी समिक्षामा सुधार गर्नेगरि काम अघि बढाउन निर्देशन नै दिइसकेका छन् । यता, बजेट र कर्मचारी नपाएको गुनासो गर्ने प्रदेश सरकारले पनि खर्चको दर बढाउन नसक्दा विकास खर्च प्रभावित हुँदै आएको छ । केन्द्र सरकारको कर्मचारी तलबभत्ता तथा अन्य प्रशासनिक(चालु) खर्च भने निक्कै धेरै छ ।
यसले खर्चमा सन्तुलन देखिएको छैन भने उत्पादन दिने ठाउँमा भन्दा बढी लाभ नदिने क्षेत्रको खर्च बढेको देखिन्छ । यहि अनुपातमा विकास खर्च हुँदै जाने हो भने समृद्धी र विकासको सपना केवल आश्वसन मै सिमित हुनसक्छ ।
क्याटेगोरी : विकास / पुर्वाधार, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्