पाल्पा–बुटवल सडकखण्ड तीन दिन बन्द रहने, स्तरउन्नती गरेर जोखिम न्यूनिकरणको प्रयास

पाल्पा – बुटवल–पाल्पा सडक खण्डको स्तरोन्नति गरिने भएको छ । बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भुतखोला सडकखण्डमा दैनिक रुपमा काम हुनेभएपछि मंसिर १७ गतेदेखि १९ गतेसम्म पाल्पा–बुटवल सडक खण्ड बन्द हुने भएको छ ।
सडक स्तरोन्नतीको काम हुने भएकाले बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय सवारीबाहेक अन्य सवारीसाधन सञ्चालन नगर्न पूर्णरूपमा बन्द हुने भन्दै डिभिजन सडक कार्यालयले सूचना नै निकालेको छ । सडकको कामले अबको दुईदिनपछि बिरामी बोकेका एम्बुलेन्सबाहेक अन्य सवारीसाधन यो सडक खण्डमा रोकिने भएका छन् । सडकमा खसेको ढुङ्गा तथा पहिरो पन्छाउन अनि केही ठाउँको साँघुरो सडक विस्तार गर्न बाध्य भएर सडक नै अवरुद्ध पार्नुपरेको सडक विभाग बताउँछ । दोभानको चिडियाखोलादेखि भुतखोला क्षेत्रको सडक सधै जोखिममा रहेको भन्दै गुनासो आउने गरेको थियो । दोभानको सिद्धबाबा क्षेत्रमा हिउद र वर्षायाममा पहिरो खसेर मानवीय क्षति हुँदै आएको थियो ।
केही दिन सडक अबरुद्ध भएपनि अवको स्तरउन्नतीले जोखिमको दिगो समाधान गर्ने अपेक्षा सवारी चालक तथा यात्रुले गरेका छन् । बाँकी नतिजा आगामी दिनमा तयार हुने सडकले देखाउला ।
क्याटेगोरी : यातायात / यात्रा, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्