Techie IT
Mission Khabar

अझै अधुरै मेलम्ची सपना : झुठको चाङ, कस्ले गर्दैछ बेइमान ?


काठमाडौं–मेलम्चीदेखि सुन्दरीजलसम्मको मुख्य संरचना निर्माण सक्न नै अझै १ सय ३० दिन लाग्ने प्राविधिकहरु बताउँछन् । यो आँकलन अहिलेकै गतिमा काम भैरहेमा लाग्ने समयको हो ।

हुनत, आयोजनाको निरीक्षणका लागि सुन्दरीजल पुगेको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले नै मेचम्चीको पानी सुन्दरीजल आउन नै समय लाग्ने भन्दै ढिलाई बारे असन्तुष्टी राखेको थियो । संसदिय समितिले पाँच, छ महिनापछि पनि मेलम्चीको खानेपानी काठमाडौं आइपुग्नेमा आशंका गरिरहँदा खानेपानी मन्त्रालयका सचिवले विकास समिति बैठक मार्फत ६० दिनमा पुरानै संरचनाबाट भएपनि पानी काठमाडौंमा वितरण हुने ठोकुवा गरेका थिए । यो दाबी अर्को नयाँ झुठ बन्ने निश्चित जस्तै देखिन्छ ।

यसअघि पनि नयाँ बर्ष, दशैतिहार लगायतका भाका नआएका होइनन् । मन्त्री नै पिच्चै आउने भाकाले अहिले काठमाडौंबासीलाई अल्मल्याउने काम मात्रै गरेको छ । यस्तो हचुवाको आश्वसन दिनेहरुले आफ्नै विश्वास घटाएको बारे कत्तिपनि हेक्का राखेका छैनन् । बरु इमान्दारिता हराएको शंकेत दिइरहेका छन्, यस्ता भ्रमहरुले । यता, आयोजनाका कार्यकारी निर्देशक सूर्य कँडेल नै सबै निर्माण पुरा गर्न ४ महिना बढी लाग्ने स्विकार गरिरहेका छन् । अनि कसरी हचुवाको भरमा भाका निर्धारण गरिदैछ । यस्तो अनुमान कारिता र भ्रमको खेती विकासका लागि मात्रै होइन्, राजनीतिका लागि पनि बाधक छ ।

समृद्धी र विकासका कुरा गर्ने सरकारले फगतको गफ अनि आश्वसन दिने होइन्, नतिजा देखिने काममा ध्यान दिनुपर्छ । हैन भने सडक पूर्वाधार, विकाससँगै आर्थिक समृद्धीको रटान दिने सरकारले भ्रम र झुठमा रेकर्ड राख्नेछ र यसको प्रभाव आगामी निर्वाचनमा ब्यहोर्नुपर्नेछ ।


क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्