बिस्तारित चक्रपथको पुल र जेब्रा क्रस कथा, राज्य र निर्माण पक्षको अल्पकालिन सोचको असर
काठमाडौँ । नेपालीको सोचमात्रै होइन्, काम पनि दिर्घकालिन अनि पछिसम्मको योजना अनुसार भएको पाइदैन । हो यस्तै भएको छ, चक्रपथ विस्तारमा पनि । चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको काम अन्तिम चरणमा पुग्दैगर्दा पुल, जेब्रा क्रसका लागि फेरी सडक भत्काउनुपर्ने भएको छ ।
यो निर्माण कम्पनीको कमजोरी भन्दा पनि हामीले दिएको जिम्मेवारी र चक्रपथ सुधार आयोजनामा देखिएको दिर्घकालिन सोचको कमजोरी हो । चीन सरकारको सहयोगमा सञ्चालित यो सडक खण्ड पोस्ट गर्दै थुप्रैले आहा युरोप पुगेजस्तो, नेपालमै सुधार सम्भव छ, भन्दैगर्दा हाम्रो विकास परिपाटी र हाम्रो योजना बनाउने क्षमताले भने पछाडी धकेलिरहेको छ । सडक खण्डमा जेब्रा क्रस र आकाशे पुल पर्याप्त नभएको भन्दै पैदल यात्रीले जोखिमपूर्ण यात्रा गर्नुपरेको गुनासो गरेपछि यसैका लागि सुधारका कामलाई तीव्रता दिइनु आफैमा दुर्भाग्य हो । दिर्घकालिन सोच र योजना निर्माण पर्याप्त ध्यान नदिदाको परिणाम हो ।
यस्तै सोचले हामी एउटाले भत्काउने, अर्कोले बनाउने, अनी फेरी अर्कोआएर उहि क्रमलाई निरन्तरता दिने खेल खेलिरहेका छौँ । यो विकास परिपाटीले केहीलाई लाभ मिल्यो पनि होला तर राज्यमाथी ठूलो ब्ययभार थपिएको बारे कस्ले ध्यान दिने । कि बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खु गरी ६ स्थानमा आकाशे पुल बनाउन तिब्रता दिनुपरेजस्तै बेला बितेपछि होस पुर्याउने ?
आयोजना छनौट, स्विकृती हुँदै ठेक्का प्रक्रिया र निर्माणसम्म सधै देखिने अनि दोहोरिने समस्याको पहिचान गर्नतर्फ राज्य गम्भिर बन्नुपर्छ । हैनभने हाम्रो विकासमा भएको लगानी बालुवामा पानीजस्तै बन्ने निश्चित छ । लगानीको अधिकतम सदुपयोग र दिर्घकालिन उपयोगमा राज्यका सरोकारवाला गम्भिर बन्ने हो की ?
क्याटेगोरी : विकास / पुर्वाधार, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्