अन्तःशुल्क स्टिकर नेपालमै छप्न लेखाको निर्देशन, परनिर्भरता तोड्न सुझाब

काठमाडौं–संघीय संसद्को सार्वजनिक लेखा समितिले अन्तःशुल्क स्टिकर नेपाली कम्पनीबाटै छपाउने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । नेपाली कम्पनीले छपाइसम्बन्धी काममा प्रतिष्पर्धा गर्न पाउनुपर्ने माग गर्दै लेखा समितिमा दिएको निवेदनमाथी छलफल गरेर यस्तो निर्देशन दिस्एको हो ।
समिति सदस्याहरु स्वदेशमै सम्भव हुने काममा पनि सरकार विदेशीको भरपर्दा अरबौँको ब्ययभार राज्यमा थपिएको बताए । समितिका सभापति भरत शाहले नोट तथा राहदानीजस्ता महत्वपूर्ण छपाइ गर्ने नेपाली कम्पनीले किन स्टिकर छाप्न नसक्ने भन्दै सरकारसँग प्रश्न गरे । नेपाली कम्पनीबाटै छपाइ गरेर ठूलो रकम विदेशिनबाट रोक्नुपर्ने आवाज उठेपछि स्वदेशमै छपाइको व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको छ ।
करोडौं रकम स्वदेशमै सुरक्षित गर्न नेपालमै सुरक्षित मुद्रण स्थापना गर्न समितले सुझाब दिएको छ । आन्तरिक राजश्व विभागले मदिराजन्य पदार्थमा अन्तःशुल्क स्टिकरमार्फत राजश्व उठाउँदै आएपनि स्टिकर छपाइ विदेशी कम्पनीबाटै गर्ने गरिएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्