Techie IT
Mission Khabar

सरकारले दियो एघार जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र, झोले आयोजना पुग्लान त खोलामा ?


काठमाडौं–सरकारले चालू आर्थिक वर्षको पाँच महीनाको अवधिमा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र दिएको छ । चालू आर्थिक वर्षको यो अवधिसम्म अनुमतिपत्र पाएका आयोजनाको क्षमता एक हजार ३ सय ८७ मेगावाट रहेको बताइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागबाट अहिलेसम्म १ सय ९० आयोजनाले अनुमति लिएका छन् । तर यी मध्ये अधिकांशमाथी झोलामा आयोजना राखेर काम नगरेको आरोप लाग्दै आएको छ । हालसम्म सात हजार २ सय ६३ मेगावाट क्षमताका आयोजनाको हातमा उत्पादन अनुमति भएपनि खोलासम्म पुगेर विद्युत उत्पादनको काम गर्ने निक्कै न्यून छन् ।

सरकार झोलामा खोला राख्नेहरुलाई यत्तिकै छाडेर परियोजनाको अनुमति मात्रै दिने कि काम नगर्नेमाथी अनुगमन र छानविन गरेर विद्युतीकरणमा जोड दिने ? उज्यालो नेपाल गफले होइन्, कामले बन्नेछ ।


क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्