मोरङका सबै स्थानीय तहमा पुग्यो प्रसूति सेवाको पँहुच, देशभरका स्थानीय तहमा सहज शिक्षा, खानेपानी र स्वास्थ्य सुविधा आवश्यक
विराटनगर– मोरङ जिल्लाका १७ वटै स्थानीय तहले ‘वर्थिङ सेन्टर’ सञ्चालनमा ल्याएका छन् । स्थानीय तहले बर्थिङ सेन्टर (प्रसूति सेवा) सञ्चालनमा ल्याएसँगै महिलाको अकाल मृत्यु न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
स्थानीय तहमा आएका जनप्रतिनिधिले स्वास्थ्य संस्थामा उपकरण तथा शैय्याको विस्तार गरेर दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गरेपछि स्थानीय खुःसी भएका छन् । अझ, ‘वर्थिङ सेन्टर’ को सुविधाले ग्रामीण क्षेत्रका महिलाले आफ्नै स्थानमा सहज रूपले प्रसूति सुविधा पाउन थालेका छन् । जिल्लाको धनपालथान गाउँपालिकाले ‘वर्थिङ सेन्टर’ मा प्रसूति गराएर पहिलो छोरी जन्माउने आमालाई पाँच हजारका साथै नेपाल सरकारले दिँदै आएको रकममा थप पाँच सय दिने निर्णय गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक ऋषिराम सेठका अनुसार बर्थिङ सेन्टरमा सुुत्केरी गराउने महिलालाई निःशुुल्क औषधि र अन्य सेवासमेत दिँदै आइएको छ ।
यो मात्रै होइन्, अहिले जिल्लाका सबै स्थानीय तहमा प्रसूति सेवा पुगेको छ भने विगतमा जस्तो सामान्य प्रसूतिका लागि विराटनगरको कोशी अञ्चल अस्पताललगायत अन्य निजी नर्सिङहोम धाउनुपर्ने बाध्यता हटेको स्थानीय बताउँछन् । स्थानीय निकायले सुरु गरेको प्रसूति सेवाबाट विपन्न वर्गका महिला बढी लाभान्वित भएका छन् ।
यसरी सबै स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकीमा प्रसूति सेवा सञ्चालन हुने हो भने आमा तथा बच्चाको अकाल मृत्यु न्यूनीकरण गर्न सहयोग पुग्नेछ । हरेक स्थानीय सरकार सुविधाभोगी बन्न छाडेर यसरी नागरिकको सेवक पनि बन्ने हो की ?
क्याटेगोरी : विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य, सकारात्मक सोच, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्