अझै पुरा नभएको अघिल्लो ओली सरकारको प्रतिबद्धता, तुइन तान्दा सुकबहादुरका सबै औँला बांगिए

धादिङ – धादिङको चरौंदीका ९० वर्षीय सुकबहादुर चेपाङले तुइन तान्न थालेको ३० वर्ष भयो । उनको यो कामले कहिलेसम्म निरन्तरता पाउने अझै निश्चित छैन । तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका छन्, सुकबहादुरले । बाबुछोरा तुइनछेउमै रहेको पाटीमा बसेर गुजारा चलाउदै आएका छन् ।
बाध्यताको श्रममा लागेका सुकबहादुरका हातका दशवटै औँला तुइनको घिर्नीले च्यापेर बांगिएका छन् । हातले तुइन सारेर खोला तार्दा बारम्बार फलामको टुक्राले काट्ने गरेको गुनासो सुनाउने उनी जाडोमा थाकेको घाउपनि दुख्ने बताउँछन् । कष्टकर श्रम गर्ने उनी अहिलेपनि पुल नबनोस् र तुइनमा काम गर्न पाइयोस् भनिरहेका छन् । पुल बनेपछि आफ्नो ज्यूने साहारा बनेको रोजगारी खोसिनेमा उनी चिन्तित छन् ।
त्रिशूली नदीमाथि रहेको तुइनको दायाँ किनारा गोरखाको घ्याल्चोक र बायाँ किनारा धादिङमा पर्छ । तुइनको छेवैमा तरकारी संकलन केन्द्र रहेकाले घ्याल्चोकलगायत आसपासका किसान दैनिक तुइन तरेर तरकारी बिक्री गर्न आउने गर्छन । तर एक बर्षअघि नै तुइन विस्तापन गरेर पुन निर्माण सक्नेगरी ठेक्का सम्झौता गर्ने ठेकेदारलाई कारबाही गर्न स्थानीय सरकारले चासो दिएको छैन् ।
यता, पहिलो पटक प्रधानमन्त्री बन्ने बेला हालका प्रधानमन्त्री केपी ओले दुई बर्षभित्र तुइन विस्तापनको सपना बाँडेका थिए । तर धादिङ, गोरखासँगै देशको पश्चिमी भेगमा रहेका थुप्रै तुहिनहरु अहिले केहीका लागी रहत त धेरैका लागि बाध्यताको यात्रा बनिरहेका छन् । विगतको प्रतिबद्धताको पोको फुकाउने चेष्टा प्रधानमन्त्री ज्यूले गरेका छैनन । बरु एकपछि अर्को महत्वकांक्षी विकाशे गफ गरेर नौँ महिनामा गुमनाम रहेर धेरै काम गर्दै एमालेजनलाई राष्ट्रिय राजनीतिमा स्थापित गरेका मनमोहन अधिकारीलाई मात खुवाउने काम भएको छ । गफको राजनीति अतिभयो, अब बोल्ने भन्दा पनि विकास र समृद्धि दिनेगरी काम गर्ने हो कि ?
पुल निर्माणको जिम्मा लिएको नयाँ बाटो कन्स्ट्रक्सन जेभी भने फलाम अभावमा पुल निर्माणको काम ढिलाई भएको बताउछ । पछि ढुंगा, बालुवा खोला बढेर काम गर्न ढिलाई भएको बताउने कम्पनीले धादिङको दारेचोकमा अर्को झोलुंगे पुल पनि नबनाई अलपत्र छाडेको छ । १ करोड ३६ लाख रुपैयाँमा निर्माण सम्झौता गरेर समय अवधि गुजार्दा पनि कारबाही भएको छैन ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लामा रहेका ११ मध्ये नौवटा तुइनलाई भने झोलुंगे पुलले विस्थापित गरिसकेको छ ।
क्याटेगोरी : ओझेलका पात्र, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्