तीन दशकदेखीको मेलम्ची सपना, ठेकेदार कम्पनीको बद्मासीले थप अन्यौल

काठमाडौं– काठमाडौंको तीन दशक लामो प्रतीक्षा पुरा हुनै लागेको चर्चा चलिरहँदा फेरी मेलम्ची आयोजना झमेलामा फसेको छ । ठेकेदार कम्पनीका प्रतिनिधिले आफ्नो जिम्मेवारी पुरा नगरि स्वदेश फर्कन थालेपछि सरकारले आठ जना कर्मचारीलाई पक्राउ गरेर पासपोर्ट नियन्त्रणमा लिएको छ । यो झमेलाले ठेकेदार कम्पनीका कर्मचारीको जस्तै मेलम्चीको भविष्य पनि अन्योल बनेको हो ।
विश्वव्यापिक निर्माणमा होमिएको इटालियन कम्पनी आफै धारासायी भएपछि दुई साताअघि नै आयोजनालाई निर्माणबाट हात झिक्ने भन्दै सूचना दिइएको बताइएको छ । निर्माणबाट बाहिरिने पत्र थमाउन खोज्दा आयोजनाले एकतर्फी ठेक्का रद्द गर्न नमिल्ने भन्दै सरकारले छिटो काम सक्न निर्देशन दिएको थियो । तर, दुई दिनअघि आयोजनास्थलबाट म्यानेजरसहित सबै प्रतिनिधि काठमाडौं आएर सोमबार स्वदेश फर्किने तयारी गर्दैगर्दा प्रहरीको फन्दामा परे । म्यानेजर क्रिस्टियानो ग्रेसो सहितका आठजना कर्मचारी आइतबार राती ठमेलस्थित रोयल पेङ्इन होटलबाट पक्राउ गरिएका थिए । ठेकदार कम्पनीका कर्मचारी पक्राउ गरेर सरकारले आवश्यक कारबाही अघि बढाउला, यो बिधि र प्रक्रियाको कुरा हो । तर यो लफडाले मेलम्चीको पानी काठमाडौ आउने समय थप अन्योल बनेको छ ।
सरकारले कहिले दशैंअघि, कहिले तिहारपछि त कहिले चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने भन्दै भाका राख्दै आएको थियो । यी सबै भाखा पुरा गर्न नसकेको सरकारले मेलम्चीमा देखिएको यो समस्या कसरी सल्ट्याउला ? यसैले मेलम्चीको सपना साकार पार्ने मिति निर्धारण गर्नेछ ।
क्याटेगोरी : विकास / पुर्वाधार, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्