त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको प्रक्रियामा, बन्ला त ‘बुटिक विमानस्थल’ ? (फोटो डायरी)

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको कामलाई पछिल्लो समय तीव्रता दिन थालिएको छ ।
प्रधानमन्त्री केपी ओलीले ६ महिनाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’ का रुपमा विकास गर्न निर्देशन दिएपछि सुधारको कामले तिब्रता पाएको हो ।
नेपाली मौलिकता झल्कने खालका गेट, झयालको व्यवस्थापन, पर्यटकको सत्कारका लागि पानी भरिएको गाग्री राखेर स्वागत गर्ने लगायतका सुधारका काम भैरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बताए ।
विमानस्थल सुधार बारेको सर्भेमा अहिले ५ जना इन्जिनियर खटिएका छन् । अहिले आगन्तुकलाई बस्ने सुविधाका लागि एक हजार कुर्सी थपिएका छन् ।
विमानस्थल भित्रको एसीलाई पुर्ण रुपमा सञ्चालनमा ल्याइएको छ । विमानस्थलको सेवा २१ घण्टाबाट थप गरी २२ घण्टा पुर्याइएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्ने क्रममा यात्रुको माग र गुनासो समेत सम्बोधन गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ ।
क्याटेगोरी : विकास / पुर्वाधार, सकारात्मक सोच, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्