Techie IT
Mission Khabar

सिमेन्टमा ठगीदै उपभोक्ता : होङ्सी, अर्घाखाँची र जगदम्बा सिमेन्ट गुणस्तरहिन


काठमाडौँ– निर्माणमा सबैभन्दा महत्वपूर्ण मानिने कच्चापदार्थ हो, सिमेन्ट । तर सबैभन्दा बढी भरोसा हुनुपर्ने सिमेन्टले नै अहिले उपभोक्ता ठगिरहेको खुलेको छ ।

तीनवटा ओपिसी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टमा मात्राभन्दा बढी म्याग्नेसियम पाइएपछि ठगीको रहश्य काहिर आएको हो । गुणस्तर तथा नापतौल विभागले गरेको जाँचमा होङ्सी सिमेन्ट उद्योग (नवलपरासी), अर्घाखाँची सिमेन्ट उद्योग (रुपन्देही) र शुभश्री जगदम्बा सिमेन्ट उद्योग (बारा)बाट उत्पादित हुने सिमेन्टमा म्याग्नेसियम अधिकतम मात्रामा पाइएको छ । अधिकतम पाँच प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा यी सिमेको निक्कै धेरै पाइएपछि घटाउन पत्राचार गरिएको छ ।

पाँच प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तहिन मानिन्छ । यसरी गुणस्तरमा खेलबाड गरेर उच्च ब्राण्डका नाममा निक्कै लामो समयदेखी विकास निर्माणमा खेलबाड गरिरहेको यी उद्योगलाई पत्राचार गरेर मात्रै छाड्ने की कारबाही पनि गर्ने ? उपभोक्ताले प्रश्न गरिरहेका छन् । कम म्याग्नेसियम उत्यादन नगर्ने सिमेन्ट उद्योगको इजाजतपत्र खारेज गर्ने सम्मको अधिकार पाएको विभागले किन पटक–पटक चेतावनी भन्दै उपभोक्ता अधिकारसँग खेलबाड गरिरहेको छ ।

पैसा, शक्ति र पँहुचका आधारमा उपभोक्ता ठग्नेलाई सरकारी छुट दिईदा हाम्रो विकास प्रभावित हुनसक्छ । भौतिक निर्माणमा जोखिम बढ्न सक्छ यतातर्फपनि सोच्ने हो कि ?


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्