जाडोमा कठ्याङ्ग्रीएका विपन्नलाई बर्षादमा ओतको चिन्ता, प्राधिकरण भन्छ– ७७ प्रतिशत निजी निर्माण सम्पन्न

काठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ७७ प्रतिशत निजी आवास निर्माण पुरा भएको दाबी गरिरहँदा भूकम्प प्रभावित क्षेत्रका हजारौँ अहिलेपनि टहरोमा बस्न बाध्य छन् । पुनर्निर्माणका लागि सम्झौता गरिएका ७ लाख ४२ हजार १ सय ३५ मध्ये ३ लाख ३७ हजार ३ सय १९ वटा निजी आवास निर्माण पूरा भएको र २ लाख ३३ हजार ३ सय ४३ वटा घर अन्तिम चरणमा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ ।
अझ प्राधिकरण ३२ प्रतिशत बाँकि निजी आवास पनि चालू आर्थिक वर्षमै पुरा हुने दाबी गरिरहेको छ । तर प्रभावित क्षेत्रमा भएको कार्यप्रगती भने प्राधिकरणको दाबी जस्तो पाइदैन् । अझै पनि धादिङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, ओखल्ढुंगा, सोलुखुम्बु, खोटाङ लगायतका जिल्लामा प्राविधिकहरुको उपस्थिति र कामको प्रगती बुझ्ने प्रतिनिधिहरु समयमा नपुग्दा पुनःनिर्माण प्रभावित भैरहेको छ । कामको गति बढाउन पनि प्राधिकरणको चासो दिनुपर्ने देखिन्छ ।
केही स्थानमा भने भूकम्पपछिको पुनर्निर्माणलेले गाउँकै मुहार फेरेको छ भने स्थानीय भक्कि घरमा ओत पाएकोमा खुसीले दंग छन् । आर्थिक हैसियत र महंगो खर्चमा समेत आवश्यक श्रोतसाधन जोहो गर्न सक्नेहरुले निजी आभाष समयमै बनाएपनि विपन्नहरु अझै पनि टहरोमा बसेर जाडो काटिरहेका छन् । उनीहरुले बर्षादमा पनि पक्कि ओत पाउने सुनिश्चितता छैन । यस्ता समूदाय तथा परिवारलाई राज्यले विशेष सहयोग गर्न पनि ध्यान दिने हो कि ?
यता, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सम्पदाहरुसहितको सबै पुनर्निर्माणको काम दुई हजार ७७ कार्तिक महिनाभित्र सम्पन्न गर्ने दाबी गर्छन् । एकीकृत बस्ती विकास, जोखिमयुक्त बस्ती स्थानान्तरणको काम पनि आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित प्राधिकरणले काम गरिरहेको दाबी गरिरहँदा जोखिम क्षेत्रबाट बस्ती स्थानान्तरको काम नै सुरु भएको छैन ।
हालसम्म ८० प्रतिशत शैक्षिक संस्था, ६६ प्रतिशत स्वास्थ्य संस्था, ९५ प्रतिशत सरकारी भवन पुनर्निर्माण गरिएको प्राधिकरणले दाबी गरिरहँदा विपन्नको साथमा भने सरकारले सक्रियता बढाएर साथ दिएको देखिदैन् ।
क्याटेगोरी : ओझेलका पात्र, जीवन भोगाई, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्