सोलुखुम्बुका तीन स्थानीय तह जोड्ने गरि दूधकोशीमा बेलिब्रिज बन्दै, स्थानीय हर्षित

सोलुखुम्बु–जिल्लाका तीन गाउँपालिका जोड्ने गरि दूधकोशी नदीमा बेलिब्रिज निर्माण हुनेभएको छ । बेलिब्रिज मार्फत कोशीको जोखिम कम हुनेभएपछि स्थानीयवासी हर्षित भएका छन् । पुस ५ गतेको मन्त्रीस्तरीय बैठक मार्फत सोताङको पावै र थुलुङ–देउसा जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माणको बाटो खुलेको हो ।
कोशी पारीको सावीक पाँच गाविस पावै, सोताङ, बुङ, छेस्काम र गुदेल क्षेत्रमा तीन वर्ष अगाडि नै सडक सञ्जाल पुगेपनि पुल अभाव थियो । एक बर्ष अघिदेखि ह्युमपाइप राखेर सडक सञ्चालन गरिए पनि निक्कै जोखिमपूर्ण थियो । दूधकोशीमा बेलिब्रिज निर्माण भएपछि जिल्ला सदरमुकाम, सङ्घीय राजधानी काठमाडौं र प्रदेश राजधानी विराटनगर आवतजावत गर्न सहज हुनेछ । कृषि उपज बजार लैजान तथा बाह्य सामग्री ल्याउन पनि सजिलो हुन्छ ।
दिप्लीघाटमा बेलिब्रिज निर्माणका लागि प्रदेश सरकारले ४६ लाख बजेट विनियोजन गरिसकेको छ । यहाँ पनि पक्की पुल निर्माणको पहल भैरहेको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् ।
क्याटेगोरी : यातायात / यात्रा, विकास / पुर्वाधार, समाचार
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्