Techie IT
Mission Khabar

कालिञ्चोक केबलकारको बद्मासी : अप्राविधिक व्यक्तिलाई प्राविधिक जिम्मेवारी, हातका सबै औंला पेलिए


दोलखा–कालिञ्चोक मन्दिर दर्शनको सुविधाका लागि भन्दै बनाइएको केबलकार आफै बिवादमा तानिएको छ । बन र गुठीको जग्गा प्रचलित कानुन र मान्यता बिपरित लिएको भन्दै चौतर्फी आलोचना भैरहँदा यही केवलकारले एक जना स्थानीयलाई अंगभंग बनाएको छ ।

केबलकार सञ्चालनका लागि प्राविधिक ज्ञानको आवश्यकता पर्ने भएपनि सञ्चालकले अनुभव नै नभएका स्थानीय राजेन तामाङलाई राखेका कारण उनका हातका सबै औंला पेलिएका हुन् । दोलखाका कुनै पनि अस्पतालमा उपचार संभव नभएका तामाङ अहिले काठमाडौंमा उपचाररत छन् । मेसिनरी समान चलाउने अनुमति दिईदा व्यक्तिको दक्षता र शिप हेरिनुपर्ने हो । तर यो केबलकारमा त्यस्तो गरिएन् । अप्राबिधिक व्यक्तिलाई प्राविधिक जिम्मेवारी दिने सञ्चालकले आफ्नो गैह्र जिम्मेवारी स्विकार्नैपर्छ ।

प्रभाव र पँहुचमा होइन इमान्दारिता र प्रचलित कानुनको अधिनमा रहेर ब्यवसाय गरिनुपर्छ । अहिले कालिञ्चोकका स्थानीय यहि माग गरिरहेका छन् ।


क्याटेगोरी : विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्