Techie IT
Mission Khabar

वैशाखमा नेपालको ‘बर्डस थ्री’ नामक भूउपग्रह प्रक्षेपण गर्दै, अघि बढ्यो निर्माको काम


काठमाडौं–नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्नेगरी तयारी सुरु गरेको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपणको गर्न लागिएको हो ।

‘बर्डस थ्री’ नामक दिइएको भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट)लाई दुई करोड उपलब्ध गराइसकेको छ । नाष्टका प्रविधि संकाय प्रमुख रवीन्द्रप्रसाद ढकालका अनुसार वैशाखदेखि प्रक्षेपण हुने भूउपग्रहले देशका विभिन्न स्थानको तस्वीर दैनिक सङ्कलन तथा हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गर्नेछ । जापानमा निर्माण भैरहेको भूउपग्रह अमेरिकाबाट प्रक्षेपण गर्ने सरकारी योजना छ ।


क्याटेगोरी : विकास / पुर्वाधार, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्