कतार सरकारको आफ्नै म्यानपावर कम्पनी, नागरिकको लगानीमा श्रम समस्या समाधान प्रयास
काठमाडौँ – खाँडी मुलुकको नाम लिने बित्तिकै अधिकांशमा समस्या र गुनासोहरु पहिला आउँछ । यसमापनि कतार जाने श्रमिकसँगै नै अनेक गुनासाहरु थिए । भर्ना प्रक्रियामै ठगी, करारपत्रमै कम्पनीको छली, तलबबिनै काम अनि अनुपयुक्त बासस्थान यीसँगै निःशुल्क भनिए पनि म्यानपावर कम्पनीले पैसा असुलिरहे आदी गुनासो आइनै रहेका छन् ।
यस्तो गुनासो र कतारको रोजगारीप्रति बढेकोे नकारात्मक बुझाई हटाउन अब कतार सरकार आफैले पहल सुरु गरेको छ । त्यो पनि आफ्नै म्यानपावर कम्पनी खोलेर । कतारी उद्योग तथा व्यापार मन्त्री अली विन अहमिद अल कुवारीको निर्णयमा पुस १८ देखि सञ्चालनमा आएको को छ– वाजा नामक कम्पनीको पुँजी ५८ मिलियन रियाल छ । अब आवश्यक विदेशी श्रमिक यही कम्पनी मार्फत पदपूर्ती गरिनेछन् । कतारमा व्यक्तिका नाममा खोलिएका झन्डै २ सयभन्दा बढीले सम्बद्ध देशका म्यानपावरसँग समन्वय गरेर श्रमिक लैजाने गदैआएका छन् ।
भर्खरै स्थापना गरिएको वाजा ती म्यानपावरभन्दा फरक छ । कतारी नागरिकको सेयर मात्र रहने यो कम्पनीमा नियन्त्रण र व्यवस्थापन सरकार आफैले गर्नेछ । कम्पनीले आगामी ५० वर्षसम्म काम गर्ने अख्तियारी पाएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, विश्व / विविध, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्