Techie IT
Mission Khabar

लाइसेन्सको माग बढ्यो, काठमाडौंमा दैनिक १० हजारले भर्छन आवेदन


काठमाडौँ–सवारी चालक अनुमतिपत्र लिन समस्या व्यहोर्नुपर्ने बाध्यता अझै नहटेपनि (लाइसेन्स) को माग भने दोब्बरले बढेको छ । यस अघिसम्म दैनिक पाँच हजार प्रतिसम्म माग हुने गरेकोमा पछिल्लो समय दैनिक १० हजार पुगेको छ ।

यातायात व्यवस्था विभागका अनुसार अहिले लाइसेन्स लिनेहरु बढेसँगै व्यवस्थापनमा पनि समस्या देखिएको छ । सिमित जनशक्ति र प्रविधिमा सुधार गर्न नसकेको विभागले यो मागलाई कसरी व्यवस्थावन गर्ला ? यो भने प्रतिक्षाकै बिषय बनेको छ । यता, विभाग भने दशैँ, तिहार तथा छठका अवसरमा दुई महिना भन्दाबढी समय रोकिएकाले माग बढेको लामो समयसम्म बढेको मागले निरन्तरता नपाउने बताउँछ ।


क्याटेगोरी : विकास / पुर्वाधार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्