Techie IT
Mission Khabar

एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, खै निरन्तरको समस्यामा दिर्घकालिन समाधान ?


काठमाडौं– देशकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सधै अस्तव्यस्त बन्नु देशकै लागि दुखद हो । उडान र अवतरणले नियतितता नपाउने समस्या काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्टिट्रय विमानस्थलका लागि सामान्य जस्तै हो । यो मौसमी कारणले मात्रै होइन् । यसरी विमानस्थल प्रभावित हुनुमा विभिन्न कारणहरु छन् ।

कहिले सञ्चार उपकरणले काम नगर्ने, कहिले धावन मार्ग र रनवे प्वाल पर्ने, अझ कहिलेकाँही चरा र बाँदर आतंक यी यावत समस्या यो विमानस्थलमा दोहोरिदै आएका छन् । सबैभन्दा बढी समस्या धानवमार्ग र रनवे भासिने र भत्किने कारणबाट दोहोरिदै आएको छ । प्राविधिक वा यान्त्रिक गढबढीबाट बिमानले ट्राफिक जाम व्यहोर्नुपर्ने बाध्यता पनि टार्न सकिएको छैन । मंगलबार पनि विमान उडानको तालिका प्रभावित हुँदा विमानस्थल अस्तब्यस्तै बन्यो । यस्तो समस्यामा विमान कम्पनी पनि खासै जिम्मेवार बन्न सकिरहेका छैन । उनीहरु पूर्व सुचना दिन सधै ढिलाई गर्छन । भिसिसिएस भनिने उपकरणको एरिया र एप्रोचमा समस्या आएकाले उडान केही समयका लागि रोकिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । तर निरन्तरको समस्या समाधानतर्फ विमानस्थल प्रशासन गम्भिर देखिएको छैन ।

देशको एकमात्र विमानस्थल व्यवस्थित र नियमित बनाउन राज्य पनि जिम्मेवार बन्नुपर्छ । धावनमार्गको समस्या त झनै दिर्घकालिन व्यवस्थापन पर्खिरहेको छ । विमानस्थलका यस्ता समस्या समाधानमा सरकार केन्द्रित नबन्ने हो भने प्राकृतिक सौन्दर्यताको प्रदर्शनबाट मात्रै समृद्ध बन्न सकिने हाम्रो प्रक्षेपण गफ बाहेक अरु हुनेछैन ।


क्याटेगोरी : विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्