Techie IT
Mission Khabar

सनराइज बैंक सञ्चालक समितिको नेतृत्वमा पुनः मोतिलाल दुगड, प्रादेशिक कार्यालय सञ्चालन मार्फत घरदैलोमा पुग्ने बैंकको लक्ष्य


काठमाडौँ–सनराइज बैंक सञ्चालक समितिको नेतृत्व पुनः मोतिलाल दुगडले नै पाएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सनराइज बैंकको सञ्चालक समिति अध्यक्षका रुपमा दुगडलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै उनले पुनः अवशर पाएका हुन् ।

दुगड गत पुस २९ मा भएको बैंकको साधारण सभाबाट सञ्चालकमा निर्वाचित भएर सर्वसम्मतबाट अध्यक्ष चुनिएको बैंकले जानकारी दिएको छ । बैंकका कतिपय पदाधिकारी त अहिलेको सफलतामा दुगडको नेतृत्वकै ठूलो हात रहेका कारण फेरि पनि अवशर दिइएको बताउँछन् । गत पुस २९ को साधारण सभाले बैंकको हालको चुक्ता पूँजीको ११.५० प्रतिशतको दरले नगद लाभांश ९३ करोड ७५ लाख ४३ हजार ९ सय बाईस रुपैयाँ सतासी पैसा (लाभांश कर लाग्ने भएमा सो सहित) वितरण गर्न स्वीकृत गरेको छ ।

सनराइज बैंकले ग्राहकलाई घरदैलो नजिकैबाट सेवा, सुविधा उपलब्ध गराउन भन्दै देशका ६ प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । प्रदेश नं १ को प्रादेशिक कार्यालय ईटहरी, प्रदेश नं २ को लाहान, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को बुटवल, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को अत्तरियामा प्रादेशिक कार्यालयहरु स्थापना गरेको छ । प्रादेशिक कार्यालयहरुले आफ्नो मातहतमा रहेका शाखाहरुको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा, संस्थागत सुशासन, साथै व्यापार विस्तारका कार्यहरु छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्ने अपेक्षा गरिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०२ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११४ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्