Techie IT
Mission Khabar

सुर्खेतमा वेदर राडार केन्द्र, तत्काल मौसमी अवस्था जानकारी गराएर हवाई यात्रा सुरक्षित गर्ने लक्ष्य


काठमाडौं–तात्कालिक यथार्थ मौसमी सूचना बताउने गरि ‘वेदर राडार केन्द्र’ सञ्चालनमा ल्याइएको छ । देशमै पहिलो पटक सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१३ रातानाङ्ला डाँडामा स्थापना गरिएको केन्द्रले २ सय किलोमिटर वरिपरिको मौसमी तथ्यांक अद्यावधिक गरेर सूचना सम्प्रेषण गर्ने बताइएको छ ।

नयाँ केन्द्रले बादलका विविध प्रकृति निगरानी गर्दै तत्कालिन तथ्यांक उपलब्ध गराउँदै भविष्यको नतिजा आंकलन गर्न सघाउने बताइएको छ । बादल, बादलको प्रकार, बादलमा रहेको पानीको मात्रा, चट्याङ पार्न सक्ने बादलको प्रकृति, हिमपात, असिनाको पूर्वानुमान गर्दै वर्षा र अन्य मौसमी विवरण उपलब्ध गराउँने भएकाले सुरक्षित हवाई माग पहिचान हुने विश्वास गरिएको छ ।

विश्व बैंकको करिव ३० करोड आर्थिक सहयोगमा स्थापना भएको केन्द्रले केही सातायता परीक्षण शुरु गरेको छ भने छिट्टै पूर्णरुपमा सञ्चालनमा ल्याउने बताइएको छ ।


क्याटेगोरी : विकास / पुर्वाधार, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्