Techie IT
Mission Khabar

महाकाली नदीका पाँचवटा तुहिन विस्थापनमा दिएन भारतले सहमती, बाँकी ठाउँमा झोलुङ्गे पुल


काठमाडौं– पहिलो पटक प्रधानमन्त्री हुँदा केपी ओलीले गरेको पहिलो प्रतिबद्धता हो ‘तुइन विस्थापन कार्यक्रम’ । अहिले यो कार्यक्रम अन्र्तगत नै देशका १ सय १३ स्थानका तुइन विस्तापन भएर झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।

ग्रामीण क्षेत्रका स्थानीयको जोखिमपूर्ण रुपले खोला तर्नुपर्ने बाध्यता हटाउन सरकारले विसं २०७२ असोजमा देशभर रहेका तुइनको खोजी गर्ने र त्यस ठाउँमा झोलुङ्गे पुलको निर्माण गर्ने घोषणा गरे अनुसार नै अहिले धमाधम तुइन विस्तापन भैरहेको हो । सस्पेन्स विभागका अनुसार सुरुमा १ सय ८७ स्थानमा तुईन पहिचान भएकोमा अहिले १ सय १३ वटालाई झोलुङ्गे पुलले प्रतिस्थापन गरिसकिएको छ । सरकारले झोलुङ्गे पुल निर्माणका लागि निरन्तर बजेट विनियोजन गरिरहेको छ । देशभर तुइन विस्थापित गर्न विभाग क्रियाशिल भएपनि तुइन रहेका ५२ स्थानमा पुल आवश्यक नहुने उसको ठहर छ । १७ स्थानका पुल निर्माणको चरणमा रहेका कारण छिट्टै तुइन विस्तापन अभियानले पुर्णता पाउने बताइएको छ ।

महाकालीको पाँच ठाउँमा पुल बनाउनका लागि भारतको केन्द्र र प्रदेश सरकारको सहमति चाहिने भएकाले रोकिएको छ । नजिकै अर्काे झोलुङ्गे पुल भएका र चाँडै मोटर गुड्ने पुलको सम्भावना रहेका स्थानको पहिचान गरेर सरकारलाई सुझाब दिइएको विभाग बताउँछ । हिउँदमा मात्रै बग्ने र साना खोलाभन्दा बाह्रै महीना खोला तर्न नसकिने ठाउँमा पुल निर्माणलाई प्राथमिकता दिइएको छ ।
झोलुङ्गे पुल निर्माण अघि बढ्न नसक्नुमा सबैभन्दा ठूलो समस्या जग्गा अधिग्रहण देखिएको छ । सरकारले पुल निर्माण गर्नका लागि मुआब्जा दिने व्यवस्था गरेको छैन ।

महाकाली नदीमा आठ वटा तुइन पाइएकोमा तीन पुलको निर्माण सकिएको छ । नेपाल र भारत जोड्ने पाँचवटा पुल भारत प्रदेश सरकारले सहमति नदिँदा रोकिएका छन् । तुइन विस्थापित गर्ने पुलसँगै आवश्यकताका अरु थप गरेर चालु आर्थिक वर्षमा एक सय पुलको निर्माण सक्ने गरि काम अघि बढेको छ ।


क्याटेगोरी : विकास / पुर्वाधार, सकारात्मक सोच, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्