Techie IT
Mission Khabar

टुटलले भ्याट छलेको आशंकामा अनुसन्धान सुरु, कता पुग्यो बैधानिकताको बहस ?


काठमाडौं–मोटरसाइकलमा यात्रु ओसार्न मध्यस्थता गर्ने कम्पनी टुटलले भ्याट छली गरेको आशंका सहित आन्तरिक राजस्व विभागले छानबिन अघि बढाएको छ । कम्पनी रजिस्ट्रार कार्यालयमा आइपर लुक्स नेपाल कम्पनी प्रालिको नाममा दर्ता भएर मोटरसाइकल यातायातको सहजिकरण गरिरहेको कम्पनी अहिले अनुसन्धानकै क्रममा छ ।

भ्याटमा दर्ता नभए पनि उपभोक्तासँग भ्याट शीर्षकमा रकम असुलेको खुलेपछि थप अनुसन्धान अघि बढाइएको आन्तरिक राजस्व विभागको दाबी छ । विभाग ललितपुरमा ठेगाना रहेकाले आन्तरिक राजस्व कार्यालय ललितपुरलाई अनुसन्धानका लागि निर्देशन दिइएको बताउँछ । अनुसन्धानका क्रममा कमजोरी भेटिए कानुनअनुसार कारबाही गरिने बताइएपनि अहिलेसम्म कुनै तथ्य सार्वजनिक भैसकेको छैन । प्यानमा दर्ता भएको कम्पनी मार्फत टुटलले सन् २०१७ को जनवरीदेखि २०१८ को जुलाईसम्म भ्याट शीर्षकमा रकम असुलेको भन्दै समाचार प्रकासन\प्रशारण भएको थियो ।

समाचारकै आधारमा अनुसन्धान अघि बढेपनि प्रमाण र सत्यतथ्यका आधारमा मात्रै कारबाही अघि बढ्ने बताइएको छ । कानुन शासक, व्यवसायीसँगै आम नागरिक सबैका लागि समान हुन्छ । कानुनभन्दा माथी कोही हुँदैन र हुनुपनि हुन्न । तर कानुन समय सापेक्ष सुधारको बिषय भने अवश्य हो । केही सकारात्मक सुधार भएमा कानुनले त्यस्ता अभियन्तालाई साथ दिनुपर्ने तर कानुन मिच्ने कदम भने जो कसैले गरेपनि कारबाही हुनैपर्छ ।


क्याटेगोरी : विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्