सिंहदरबार आडैमा ११ तले होटल सञ्चालनको तयारी, बढ्दो सुरक्षा जोखिममा राज्य बेखबर

काठमाडौं–देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको पश्चिम गेट छेवैमा ११ तले संरचना धमाधम बनिरहेको छ । यो बन्दैगरेको संरचना होटलका रुपमा सञ्चालनमा आएमा यसले देशको मुख्यालयका रुपमा रहेको सिंहदरबारलाई जोखिममा पार्नेछ ।
यस्तो आवज नउठेको पनि होइन्, होटेलको संरचना छेउमा रहेको राष्ट्रिय अनुसन्धान विभागको सम्पूर्ण कार्यालय निगरानी गर्न सकिने र सिंहदरबार नै ‘सुरक्षा जोखिम’मा पर्ने भन्दै सुरुवाती दिन देखी नै राष्ट्रिय अनुसन्धान विभागले निर्माण रोक्न माग गर्दै गृह मन्त्रालयमार्फत सरकारलाई प्रस्ताव गरेको थियो । केही समयसम्म निर्माण रोकिएपनि निर्माणकर्ता विशाल पण्डितको साम, दाम र दण्डभेदी नीतिको अघि कसैको केही लागेन । बरु अहिले होटेल सञ्चालनको तयारीमा छ ।
देशको मुख्यालयको अगाडी भित्रका सबै गतिबिधि नियाल्न मिल्नेगरी भैरहेको निर्माणमा राज्यले किन चासो राख्न सक्दैन । यो एउटा गम्भिर बिषय हो । विकास हुनुपर्छ, होटल लगायतका पूर्वाधारले रोजगारी सिर्जना गर्नु आफैमा नराम्रो होइन । तर यस्ता पूर्वाधारले आम नागरिक र राज्यकैलागि चुनौती थप्छन भने यसबारे गम्भिर निर्णय गर्न सत्तासिनहरुले कत्तिपनि खुट्टा कमाउनु हुन्न ।
राज्यका लागि साँच्चै जोखिम छ भने यी र यस्ता संरचना स्थानान्तरणमा सरकारको ध्यान जानुपर्छ । होइन भने स–सामान्य सूचना समेत अरुको पोल्टामा पुग्ने हाम्रो संस्कारमा हाम्रो राष्ट्रिय चिन्ता र सरोकारका सबै गतिविधि श्रब्यदृष्य माध्यमबाटै कैद हुनेछन् । आफ्नो सुरक्षा र संबेदनशिलतामा राज्य गम्भिर बनोस् ।
क्याटेगोरी : विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्