Techie IT
Mission Khabar

घट्ने भो काठमाडौं–तराई–मधेस द्रुतमार्गको दुरी, चार किलोमिटर घटाएर ७२.४ कायम


काठमाडौं– काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को दूरी चार किलोमिटर घट्ने भएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मा लिएको सेनाले फास्ट ट्रयाकको लम्बाइ ७२.४ किलोमिटर कायम गर्ने गरि नयाँ दुरी तय गरेको हो ।

यसअघि ७६.४ किलोमिटर कायम गरिएको फास्ट ट्रयाकको दूरी चार किलोमिटर घटाइने सेनाका प्राविधिक उपरथी तथा काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना प्रमुख योगेन्द्र खाँडले बताए । घुमाउरो बाटोमा सुरुङको लम्बाइ बढाएर समग्रमा आयोजनाको लम्बाइ घटाउन खोजिएको छ । डिपिआर तयारीको जिम्मा पाएको दक्षिण कोरियन कम्पनी सुसुङ इन्जिनियरिङ एन्ड कन्सल्टिङले यही हप्ता अर्थात माघ १९ मा डिपिआरको मस्यौदा प्रतिवेदन सेनालाई बुझाउने तयारी गरेको छ ।

अहिले नै कामलाई तिब्रता दिएको सेनाले डिपिआर प्राप्त भएपछि झनै परियोजनाले तिब्रता पाउने बताएको छ ।


क्याटेगोरी : विकास / पुर्वाधार, सकारात्मक सोच, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्