सम्पदाप्रति राज्यको बढ्दो बेवास्ता, रानीपोखरी पुनःनिर्माणमा प्राधिकरणले पाउला त सफलता ?

काठमाडौं– सम्पदाको रेखदेख र संरक्षणमा राज्यको त्यतिधेरै चासो पुगेको देखिदैन । पुर्खाले छाडेको नासो, जुन नासोले अहिले हामीलाई सम्पदामा धनी बनाइदिएको छ । तर राज्य हाम्रो दरिलो पहिचान बनेर उभिएका सांस्कृतिक तथा ऐतिहासिक धरोहरको संरक्षण र प्रचार प्रसारमा निक्कै सुस्त ।
हो, राज्यको वेवास्तामा खण्डहर बनिरहेको एउटा धरोहर रानीपोखरीको पुनःनिर्माण अहिले अन्यौलमा छ । कहिले शैली विवाद त कहिले निर्माणकर्ताको विवाद र अन्यौल । अहिले फेरी सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी काठमाडौं महानगरपालिकाबाट खोसेको राष्ट्रिय पुनर्निर्माण प्रधिकरणलाई दिएको छ । काठमाडौं महानगरलाई पुनर्निर्माणको जिम्मा दिएर २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरी गएको तीन वर्षमा एकपछि अर्को विवादमा तानियो ।
कंक्रिट प्रयोग गरेको भेटिएपछि सुरुमा बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको जिम्मेवारी खोसिएको थियो । मन्दिर पुरातत्व विभाग आफैंले बनाइरहेको छ । रानीपोखरी मात्र बनाउने जिम्मेवार पाएको महानगर यसपछि पनि गतिहिन भयो । बालगोपालेश्वर मन्दिरसहित रानीपोखरीलाई कुन शैलीमा बनाउने भन्ने बहसपछि बनेको कार्यदलले ग्रन्थकुट शैलीमा सिफारिस गरेपनि महानगर र पुरातत्वबीच जुहारी चलेर पुनर्निर्माणको काम लथालिंग भयो । नेपाली सेनालाई निर्माण जिम्मा दिने महानगरको प्रस्ताव प्राधिकरणले अस्वीकार गरेपछि टेण्डर प्रक्रिया सुरु भयो, तर लामो समयसम्म काम हुन सकेन ।
फेरी महानगरले उपभोक्ता समितिमार्फत काम गर्न प्रस्ताव ल्याएपछि रानीपोखरी पुनःनिर्माणको जिम्मेवारी खोसिएको छ । राष्ट्रपति भण्डारी समेत आफूले शिलान्यास गरेको सम्पदामा निरन्तर अवरोध र ढिलाई भएकोमा रुष्ट थिइन् । माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले बालगोपालेश्वर मन्दिरसँगै रानीपोखरी पुनर्निर्माणको जिम्मा पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंको भवन समयमै बनाउन नसकेको, भूकम्प प्रभावित क्षेत्रको निर्माणलाई गति दिन नसकेको आरोप खेप्दै आएको प्राधिकरणले अब रानीपोखरी पुनःनिर्माणको कामलाई कसरी गति दिन्छ, प्रतिक्षा बाँकी नै छ ।
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली भने पुरातत्व, महानगर, विज्ञ, स्थानीय समुदाय लगायतको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरेर यथासक्य छिटो पुनर्निर्माणलाई गति दिने बताउँछन् । परम्परागत शैली र मौलिकतालाई ध्यान दिनुपर्ने प्राधिकरणले विज्ञहरुले भनेजस्तै तीन सय फिट तलबाट पानी निकालेर कालीमाटीको प्रयोग गरी पानी अड्याउछ वा नयाँ विकल्पको खोजी गर्छ ? यसै भन्ने अवस्था छैन ।
क्याटेगोरी : विकास / पुर्वाधार, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्