Techie IT
Mission Khabar

मेलम्चीको काम सधै जाम, कहिले अन्त्य होला काठमाडौं उपत्याकाको पानी प्रतिक्षा ?


काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको काम छाडेर भागेको इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द भएसँगै थप अन्यौल बढेको छ । सिंगापुरमा भएको वार्ताबाट समेत सिएमसी काममा नफर्ने खुलेपछि सिएमसीसँगको सम्झौता मेलम्ची आयोजनाले रद्द गरेको छ । यसले बाँकी काम कसरी पुरा गर्ने भन्ने अन्यौल बढाएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सुर्यराज कंडेलका अनुसार सिएमसीसँगको सम्झौता रद्द भएकाले अब विकल्पसहित नेपाल सरकारसामु प्रस्ताव गरिने र सरकारले गरेको निर्णय अनुसार काम अघि बढाइने छ । निक्कै कम मात्रै काम बाँकी रहेको बताइएपनि अहिले आयोजनाको सबै काम ठप्प जस्तै छ । मेलम्चीको काम सम्पन्न हुन लागेको भनिएको अवस्थामा सिएमसीका प्रतिनिधिले अचानक काम छाडेर पुस पहिलो साता भागेपछि मेलम्ची प्रभावित हुँदै आएको छ । सिएमसीसँग मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायतका निर्माण कार्य गनर्का लागि २०७० असार मसान्तमा ठेक्का सम्झौता भएको थियो ।

मेलम्ची विकास समिति र सीएमसीबीच ७ अर्ब ७२ करोड, ३४ लाख, ७१ हजार ३४२ रुपैयाँमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएपनि बिचैमा काम छाडिएपछि बाँकी काम कसरी अघि बढाउने अन्यौल बढेको छ । लगानीकर्ता एडीबीलाई रिझाएर नेपाली सेना मार्फत तत्काल बाँकी काम पुरा गराउने हो वा फास्ट्याक मार्फत नेपाली ठेकेदारलाई जिम्मा दिएर मेलम्चीको प्रतिक्षाको अन्त्य गर्ने हो ? यसबारे सरकारले बेलैमा कदम चाल्नुपर्छ ।


क्याटेगोरी : विकास / पुर्वाधार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्