कैलालीमा नदिजन्य पदार्थको अबैध दोहन बढ्दो, किन नियमन र व्यवस्थापनमा चुक्दैछ स्थानीय तह ?

धनगढी– कैलाली क्षेत्रका विभिन्न खोला तथा नदीमा नदीजन्य पदार्थको अबैध उत्खनन र दोहन बढ्न थालेपछि क्रसर उद्योगी माथीको नियमनलाई तिब्रता दिन थालिएको छ ।
ढुङ्गा, बालुवा, गिट्टी उत्खन्न, संकलन तथा घाटगद्दी समितिको आइतबारको बैठकले सम्पूर्ण क्रसर उद्योगलाई अनुमति पत्र, वातावरणीय प्रभाव मूल्यांकन कागजपत्र तथा कार्य योजनाको कागजसहित ५ दिनभित्र समितिमा बुझाउन निर्देशन दिएर अनुगमनलाई तिब्रता दिएको हो । तर जिल्लामा सञ्चालनमा रहेका क्रसर तथा घुम्ती क्रसरले सम्पूर्ण विवरणसहितको कागजपत्र अझसम्म बुझाएका छैनन । फागुन १० गते शुक्रबार समयावधी सकिएपनि समितिमा ४ वटा क्रसर कम्पनीले मात्र विवरण बुझाएको जिल्ला समन्वय समितिमा रेकर्ड छ ।
जिल्लामा १२ वटा क्रसर सञ्चालनमा रहेपनि ४ वटा क्रसर (राजेन्द्र के एस जेभी, हेमकुण्ट स्टोन क्रसर इण्डष्ट्रिज, बेहडाबाबा प्रशोधन उद्योग, शर्मा अमर नागार्जुन जेभी) ले मात्र कागजपत्र बुझाएको पाइएको छ । राजेन्द्र केएस जेभीले गौरिगंगा नगरपालिकाको झिलमा, हेमकुण्टले गोदावरी नगरपालिका वडा नम्बर ११ बल्मी, बेहडाबाबा क्रसर गोदावरी नगरपालिका वडा नम्बर ८ र नागार्जुन जेभी गोदावरी नगरपालिका वडा नम्बर २ महरा टोलमा सञ्चालित छन् । शर्मा राजेन्द्र कुमार जेभीले गेटा मेडिकल कलेज, कालिका कुमार जेभीले लम्की नगरपालिका बल्चौरमा घुम्ती क्रसर सञ्चालन गरिरहेका छन् । यता, गोदावरी नगरपालिका लालपुरमा वेष्टर्न क्रसर उद्योग, गोदावरी नगरपालिका वडा नम्बर ८ हरैयामा श्रीपुर क्रसर उद्योग, लम्की नगरपालिका थलचौरमा तुदी क्रसर प्रालि, लम्की चुहा नगरपालिका चिसापानीमा माझसीन सिताका क्रसर, पथरैयामा कर्णाली क्रसर उद्योग, सुनाफाटामा चन्द्र बसन्ता क्रसर, लालपुरमा शिवशक्ति बालुवा प्रशोधन केन्द्र निर्वाध रुपमा सञ्चालनमा छन् ।
निर्धारित समयमा थोरैले मात्र कागजपत्र बुझाएपछि अहिलेपनि कागजपत्र बुझ्ने काम जारी राखिएको छ । बिना अनुमति सञ्चालनमा रहेका क्रसरहरूलाई बन्द गर्ने वा प्रक्रिया पुर्याएर सञ्चालन गर्न दिने स्थानीय तह स्वयम अन्यौलमा छ । जिल्लामा सञ्चालित कर्णाली क्रसर उद्योग, हेमकुण्ट स्टोन क्रसर उद्योग, श्रीपुर कंक्रिट उद्योग, बालाजी रोडा ढुङ्गा र वेष्टर्न क्रसर उद्योग मात्र घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा दर्ता भएको पाइएको छ । अन्यले पहुँच र शक्तिको आडमा अबैध दोहन र नदिजन्य पदार्थको निकासिलाई निरन्तरता दिदैआएका छन् ।
क्याटेगोरी : विकास / पुर्वाधार, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्