वाणिज्य बैंकको आक्रामक कर्जा प्रवाह, दैनिक १ अर्ब ३० करोड ऋण लिदै लगानीकर्ता

काठमाडौं – राष्ट्र बैंको पछिल्लो तथ्यांक अनुसार लगानीकर्ताले वाणिज्य बैंकहरुबाट दैनिक एक अर्ब ३० करोड रुपैयाँ ऋण लिने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा दुई खर्ब ७४ अर्ब ऋण प्रवाह भएको हो ।
अघिल्लो बर्षको यो अवधिमा दैनिक करिब एक अर्ब रुपैयाँ मात्रै ऋण लिएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०७४\७५ को पहिलो सात महिनामा दुई खर्ब १२ अर्ब रुपैयाँ ऋण लगानीकर्ताले लिएको देखिन्छ । गत वर्षको पहिलो सात महिनाभन्दा यस वर्षको उक्त अवधिमा ऋण लगानी उच्च बनेको छ । यसलाई कतिपय बैंकरहरु लगानीको वातावरण बन्दै गएकाले ऋणको माग बढेको बताउँछन् ।
असार मसान्तमा बैंकहरुको कर्जा २१ खर्ब १५ अर्ब रहेकोमा माघ मसान्तसम्म बढेर २३ खर्ब ८९ अर्ब पुगेको छ । गत वर्षको असार मसान्तमा बैंकहरुको कर्जा १७ खर्ब ३५ अर्ब रहेकोमा सो वर्षको माघ मसान्तसम्म बढेर १९ खर्ब ४७ अर्बमा रोकिएको थियो ।
पहिलेको तुलनमा परिस्थिति सहज बन्दै गएकाले सेवा क्षेत्र, जलविद्युत, व्यापारिक लगायतको क्षेत्रमा ऋणको माग बढेको बैंकरहरु बताउँछन् । बैंकहरुले आक्रामक रुपमा कर्जा प्रवाह गर्दा लगानीयोग्य रकम अभाव झेलिरहेका बैंकहरु पुनः पुजि समस्यामा फस्ने जोखिम पनि उत्तिकै छ । नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांक अनुसार माघ महिनामा मात्रै वाणिज्य बैंकहरुले ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यो अघिल्लो महिनाभन्दा १५ अर्ब बढी हो ।
२८ वाणिज्य बैंकले माघमा निक्षेप संकलनको तुलनामा दोब्बर कर्जा प्रवाह गरेको देखिन्छ । यो अवधिमा २१ अर्ब निक्षेप संकलन गरी ४५ अर्ब कर्जा लगानी भएको छ । निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा आक्रामक देखिएका धेरैजसो बैंकको सिसिडी रेसियो ८० प्रतिशतनजिक छ । सरकारले अपेक्षित रुपमा विकास खर्च नगर्ने हो भने फेरीपनि बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएर तरलता बढ्ने जोखिम बढ्दो छ । चालु वर्षमा बैंकहरुले निक्षेप संकलनभन्दा ५८ अर्ब बढी रकम कर्जा प्रवाह गरेका छन् ।
चालु आर्थिक वर्षको सात महिनामा २६ अर्ब ७१ अर्ब निक्षेप संकलन गरेका बैंकले २३ खर्ब ८९ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ । अहिले पनि पौने दुई खर्ब रुपैयाँ सरकारी ढुकुटीमा जम्मा भएर बसेको छ । यसले वाणिज्य बैंकको कारोबारलाई प्रभावित पार्नसक्छ ।
क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्