Techie IT
Mission Khabar

ट्रमा सेन्टरमा जटिल अपरेशन प्रभावित, कहिले अन्त्य हुन्छ सरकारी अस्पतालको मेसिनरी उपकरण बिग्रिने रोग ?


काठमाडौं–राष्ट्रिय ट्रमा सेन्टरमा बिरामी लठ्याउने उपकरण (एनेस्थेसिया मेसिन) बिग्रिएपछि अपरेशन सेवा प्रभावित भएको छ । सोमबार एकसाथ तीन वटा मेसिन बिग्रिएपछि ७५ प्रतिशत जटिल अपरेश रोकिएको छ । आइतबारसम्म काम गरेका उपकरण एक्कासी सोमबार बिहानबाट बिग्रिएको बताइएको छ ।

एउटा मात्रै लठ्याउने उपकरण चलेका कारण अधिकांश अपरेशन स्थगित गरिएको छ । ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले एक्कासी एनेस्थेसिया मेसिनमा समस्या आएका कारण जटिल अप्रेशन प्रभावित भएको स्विकार गर्दै समस्या समाधानका लागि आफूहरु प्रयासरत रहेको बताए । निजी अस्पतालमा निक्कै लामो समयसम्म काम गर्ने उपकरणहरु सरकारी अस्पतालमा ल्याइनासाथ लामो समयसम्म टिक्दै टिक्दैनन् । यो एउटा अस्पतालमा मात्रै होइन्, अधिकांश अस्पतालमा देखिने समस्या हो । बीर अस्पतालमा त कमिसनको खेलमा कमशल मेसिन ल्याएर आर्थिक अनियमितता भएको भन्दै अस्पताल प्रशासन माथी नै प्रश्न उठ्दै आएको छ ।

सरकारी अस्पतालमा भिडियो एक्सरे, लगायतका मेसिनमा नियमित जस्तो आउने समस्या के हो ? किन दोहोरिरहन्छ ? यसको पहिचान गरेर दिर्घकालिन व्यवस्थापनतर्फ सरकारले गम्भिर कदम चाल्नुपर्छ । अन्यथा उपकरण मर्मतका नाममा किन्दा लागेको भन्दा बढी खर्च हुनेमा शंका छैन ।


क्याटेगोरी : विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्