Techie IT
Mission Khabar

फनपार्क र टुकुचा तरकारी बजारको भाडा सम्झौता रद्द, २५ बर्षे सम्झौता करारमा कुरा नमिल्दा तोडियो


काठमाडौं— समाज कल्याण परिषद्ले फनपार्क र टुकुचा तरकारी बजारका लागि गरेको जग्गा भाडा सम्झौता रद्द गरेको छ । हरित कृषि सहकारी संस्था लिमिटेडसँग काठमाडौँको प्रदर्शनीमार्गमा रहेको जग्गामा गरिएको २०७४ असोज ३० को २५ वर्षे भनिएको सम्झौता करार प्रक्रियामा कुरा नमिलेपछि भंग गरिएको हो ।

परिषद्ले प्रदर्शनीमार्गमा रहेको आफ्नो साढे ८३ रोपनी जग्गाको भाडा करार सम्झौता रद्द गरिएको पत्र सहकारीलाई पठाएसँगै सो करार तोडिएको छ । परिषद् अधिनमा रहेको यो जग्गा सहकारीलाई सस्तो मूल्यमा भाडा लगाएको भन्दै विवाद चुलिएको थियो । वर्तमान सरकारले सरकारी सम्पत्तिको दुरुपयोग गर्ने बिरुद्धको कारवाही तीव्र बनाइएपछि कमजोरी लुकाउन परिषद्ले फनपार्क र टुकुचामा रहेको जग्गाको भाडा लगाउने सम्झौता खारेज गरिएको कतिपय जानकारहरु बताउँछन् ।

यसअघिको सम्झौता गलत थियो वा सही आवश्यक अनुसन्धान गरिनुपर्छ । सरकारी जग्गामाथीको अतिक्रमण रोक्न सरकार कठोर बन्नुपर्छ ।


क्याटेगोरी : विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्