त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ‘रिमोट पार्किङ वे’, हट्ला त ट्राफिक चाप र जोखिम ?

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने गरि नयाँ पार्किङ वे (जहाज पार्किङ स्थल) निर्माण सम्पन्न भएको छ । त्रिभुवन विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा बनाइएको पार्किङ वे मा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिने बताइएको छ ।
यो सँगै त्रिभुवन विमानस्थलमा अब अन्तर्राष्ट्रिय पार्किङ वे संख्या ११ पुगेको छ । अहिले रहेका ९ वटामध्ये ३ वटामा वाइडबडी जहाज र ६ वटा वेमा न्यारोबडी जहाज राख्न सकिन्छ । एक मात्र धावनमार्ग र पर्याप्त पार्किङ वे नहुदा त्रिभुवन विमानस्थल ट्राफिक चापको मार खेपिरहेको छ । बिमानस्थल प्रशासनका अनुसार अहिलेको ‘रिमोट पार्किङ वे’ करिब ४७ करोड रुपैयाँ लागतमा निर्माण भएको हो ।
दक्षिणपूर्वी क्षेत्रमा अर्को नयाँ पार्किङ वे बनिरहेको छ । यो वे भने नेपाल वायुसेवा निगमका दुई वाइडबडी जहाज पार्क गर्ने प्रयोजनमा बनाइएको बताइएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने ‘रिमोर्ट पार्किङ वे’ नाम दिइएको पार्किङ क्षेत्र आगामी बुधबारबाट संचालनमा ल्याइनेछ ।
रिमोट पार्किङ वे
सामान्ततया अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै जोखिमपूर्ण विष्फोटक पदार्थ बोकेको वा अपहरणकारीले कब्जा गरेको जहाज अवतरण गराउन मूख्य पार्किङ क्षेत्रभन्दा केही पर रिमोट पार्किङ वे बनाइएको हुन्छ । त्यहा जहाज राख्नुको मतलव सम्भावित क्षति न्यूनिकरण गर्नु हो । त्रिभुवन विमानस्थलमा पहिलोपटक यस्तो पार्किङ क्षेत्र बनेको छ ।
सुरक्षा कारवाही गर्नुपर्दा या अन्य आकस्मिक अवस्थामा टाढा दुरीमा रहेको जहाजका कारण विमानस्थल आसपास रहेका अन्य जहाज र यात्रुमा क्षति नपुग्ने उद्देश्य राखिएको हुन्छ ।
क्याटेगोरी : विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्