उपत्यकाका कोर क्षेत्रमा ठूला तथा साना मालबाहक सवारीमाथी प्रतिबन्द्ध, हट्ला त काठमाडौंको जाम र अस्तव्यस्तता ?

काठमाडौं । असार १ गतेबाट काठमाडौंमा विहानदेखि बेलुकासम्म ठूला तथा साना मालबाहक सवारीले प्रवेश तथा सञ्चालन नपाउने भएका छन् । यातायात व्यवस्था विभागले बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित विभिन्न नाकामा मालवाहक सवारीलाई निषेध गरिने जानकारी दिएको हो ।
आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग हुने बाहेकका सवारीलाई तोकिएको क्षेत्रमा बिहानदेखि साँझसम्म प्रवेश र सञ्चालन नगर्न सुचित गरिएको छ । दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला पानी, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारी सञ्चालनमा भने यो निषेधाज्ञ लागू हुनेछैन । काठमाडौंको मुख्य नाका, रिङरोड र भित्रि सडकमा समेत जामको समस्या तीव्र भएपछि मालबाहक सवारी रोक्न बाध्य भएको विभागका महानिर्देशक कुमार दाहालले बताए । काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री शहरी क्षेत्रमा यो प्रावधान लागू हुनेछ ।
नयाँ व्यवस्थासँगै चक्रपथ बाहिरको चाबहिल–जोरपाटी सडक, गोपीकृष्ण–कपन सडक, नारायणगोपाल चोक–बुढानीलकण्ठ सडक, बालाजु बाइपास–गोलढुंगा सडक, बगडोल–नख्खु सडक, सातदोबाटो–हरिसिद्धी सडक, ग्वार्को–चापागाउँ सडकमा विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी सञ्चालन गर्न रोकिने छन् । शहरभित्र अत्यावश्यक बाहेकका कुनै पनि मालबाहक सवारी अब ट्राफिकले रोक्नेछ । सानादेखि ठूला सबै मालबाहकलाई चलाउन नदिइने विभागको दाबी छ । राती मालबाहक सवारी चल्दा काठमाडौंमा रात्री जीवन चलायमान हुने र बजार पनि रातीसम्म खुल्ने अपेक्षा गरिएको छ ।
असारदेखि नागढुंगाबाट काठमाडौं प्रवेश गर्ने मालबाहक सवारी दिउँसो धादिङकै सडक खण्डमा रोकिनुपर्ने छ । टोखाको बाटो भएर आउने सवारी पनि माथिल्लो भागमै, ककनीको रुट हुँदै आउने मालबाहक सवारी गोलढुंगा अघि नै रोकिनुपर्ने छ । रात परेपछि भने काठमाडौंभित्र प्रवेश गर्न पाउने छन् । यसअघि रिंगरोडभित्र ठूला मालबाहक सवारीको प्रवेश र सञ्चालनमा रोक लगाइएको थियो ।
क्याटेगोरी : अर्थ / रोजगार, यातायात / यात्रा, विकास / पुर्वाधार, समाचार
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्