Techie IT
Mission Khabar

प्रविधिमा प्रहरी : ड्रोनबाट ड्युटी र लक डाउन उल्लंघनको निगरानी


काठमाडौं–देश आधा महिनादेखी लक डाउनको अवस्थामा छ । विश्वभर कोरोनाको महामारी फैलिदैगर्दा नेपालमा समेत यसको संक्रमण देखिएको छ । केहीसमय अघिसम्म विदेशबाट आएकाहरुमा मात्रै सिमित भएको कोरोना संक्रमण अहिले व्यक्तिमा सरेर संक्रमणले दोश्रो चरण प्रवेश गर्दैगर्दा लक डाउनमा कडाई गरिएको छ । र पनि बिना काम सडकमा हिड्नेहरु रोकिएका छैनन । बरु पास लिएर रमाइलोका लागि सडकमा दौडिनेहरु बढिरहेका छन् ।

बिना पास सडकमा निस्किनेहरुलाई रोक्न ट्राफिक प्रहरीले सर्च तथा कारबाहीलाई तिब्रता दिएसँगै हजारौँ सवारी साधन र व्यक्ति प्रहरी कारबाहीमा परेका छन् । अझ प्रहरीले केही ड्रोन मार्फत काठमाडौं उपत्यकाको लक डाउनको अवस्था निगरानी गरिरहेको छ । प्रहरी प्रधान कार्यालय, आयुक्त कार्यालय र परिसरबाट उडाइएका ड्रोनले मुख्य सडकदेखी भित्रि सहरको अवस्थालाई नियालिरहेको नेपाल प्रहरीले जनाएको छ ।

उपत्यकाका विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीको ड्युटी, उपस्थिति र सर्वसाधारणको अवस्थाबारे जानकारी लिने उद्देश्यले ड्रोन प्रयोगमा ल्याइएको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले बताए । प्रहरी मुख्यालयमा रहेको चारवटा ड्रोन प्रयोगमा ल्याइएका छन् । प्रहरी प्रधान कार्यालयले ड्रोनमार्फत कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउनको निगरानी सुरु गरेसँगै अहिले महानगरीय प्रहरी परिसर समेत ड्रोनमार्फत लकडाउन उल्लंघन भए नभएको निगरानी गरिरहेका छन् ।

काठमाडौंसँगै महानगरीय प्रहरी परिसर भक्तपुरले समेत एकै ठाउँबाट सर्वसाधारणले लकडाउन उल्लंघन गरे नगरेको थाहा पाउन सकिने भन्दै ड्रोन मार्फत निगरानी बढाएको छ । काठमाडौं उपत्यकामा समय तोकेर पसल खोज्न दिइदा विहान र बेलुका भीडाभाड हुनेगरेको भएपनि नियन्त्रण प्रयास विफल हुँदैआएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्