Techie IT
Mission Khabar

कोरोनाले महामारीको रुप लिए सघन उपचार कक्ष र दक्ष जनशक्तिको चरमक अभाव झेल्नुपर्ने अवस्थामा नेपाल


काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणले महामारिको रुप लिए सघन उपचार सेवाका लागि दक्ष जनशक्तिको ठूलो अभाव हुनसक्नेतर्फ चिकित्सक र स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन् ।

कोरोनाभाइरस श्वासप्रश्वास सम्बन्धी रोग भएकाले संक्रमतिमध्ये पाँचदेखि १० प्रतिशतसम्म बिरामीलाई सघन उपचार आवश्यक पर्नेभन्दै उनीहरुले आईसीयू र भेन्टिलेटरसँगै तालिमप्राप्त जनशक्तिको अभाव हुनेतर्फ सचेत गराएका हुन् । नेप्लिज् सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव डा. हेमराज पनेरुले संक्रमण बढ्नासाथ भेन्टिलेटर चलाउन जान्ने नर्स आईसीयू फिजिसियनहरु आवश्यक पर्ने भन्दै नेपालको हकमा पूर्वाधार र जनशक्ति दुबै अभाव हुने बताए । डा. पनेरुले सघन उपचार एउटा छुट्टै विधा भन्ने सोचको विकास हुन नसक्दा सघन उपचारका लागि तालिमप्राप्त र दक्ष जनशक्तिको विकास हुन नसकेको बताउँछन् ।

उनीमात्रै होइन्, अधिकांश चिकित्सकहरूले सरकारलाई तत्कालै छोटो खालको भए पनि सघन उपचार सम्बन्धी तालिमहरू दिएर दक्षता बृद्धी गर्न सुझाव दिएका छन् । नेपाल मेडिकल एसोसिएसनका महासचिव डा. बद्री रिजालले जनशक्ति र पूर्वाधार व्यवस्थापनमा ध्यान नदिदा पछि समस्या निम्तिनसक्ने बताए । क्रिटिकल केयर नर्सेज् एसोसिएशन अफ नेपालकी महासचिव कविता सिटौला नेपालमा भर्खरैमात्र क्रिटिकल केयर बारेको विशेषज्ञता आवश्यक पर्छ भन्ने सोचको विकास भएको बताउँछिन । उनले केही नर्सहरूलाई आफूहरुले भनि तालिम दिएको बताइन् ।

कोरोनाभाइरस सङ्क्रमण देखिन थालेपछि देशभरिबाट सघन उपचार सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूको तथ्याङ्क सङ्कलन गरेको सरकारका अनुसार नेपालमा हाल कुल १४ सय ४३ जना स्वास्थ्यकर्मीहरू सघन उपचार सेवाका कार्यरत रहेको पाइएको छ । छोटो वा लामो खालका सघन उपचार सेवा सम्बन्धी तालिम लिएका यी बाहेकलाई सरकारले तालिम दिने भनेपनि निरन्तरता दिन सकिरहेको छैन ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्