Techie IT
Mission Khabar

कोरोना भाइरसबिरुद्धका खोप विकासमा तिब्रता, आम प्रयोगमा आउन भने करिब १ बर्ष लाग्ने


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसबिरुद्ध ७० प्रकारका खोप विकसित भएको जानकारी दिएको छ । ७० वटा खोप विकास भएकोमा ३ प्रकारका खोप परीक्षणको चरणमा गइसकेको समेत विश्व स्वास्थ्य संगठनले जानकारी दिएको हो ।

परीक्षणको चरणमा रहेकामध्ये चीनले विकास गरेको खोपले विभिन्न चरण पार गरिसकेको पाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजी र हङकङको क्यानसिनो बायोलोजिक्सले विकास गरेको खोप परीक्षणको दोस्रो चरणको परिक्षणमा छ । डब्ल्यूएचओका अनुसार अमेरिकी औषधि उत्पादक कम्पनी इनोभिओ र मोडेर्नाले विकास गरेका अन्य दुई खोप मानवमा परीक्षण गर्ने क्रममा रहेका छन् । यसरी विकास भएका कुनै पनि खोप प्रमाणित भई प्रयोगमा आउन भने १० देखि १५ महिनासम्म लाग्ने विश्वस्वास्थ्य संगठनले जनाएको छ ।

यता, अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्रोफेसर सारा गिल्बर्टले भने आफ्नो समूहले बनाइरहेको खोप यही वर्षको अन्त्यसम्म प्रयोगमा आउने दाबी गदैआएकी छिन् । कोरोना भाइरसविरुद्धका खोप द्रुत गतिमा विकास भइरहेको पाइएपनि यी खोपहरु छिटोमा आगामी वर्षसम्ममा मात्रै प्रयोगमा आउने आँकलन गरिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, सकारात्मक सोच
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्