विनाशकारी भूकम्प गएको पाँच वर्ष, सुस्त पुनर्निर्माण र पुर्नस्थापनाले घर, सार्वजनिक भवन तथा सम्पदा निर्माण अझै भएन पुरा
काठमाडौं । विनाशकारी भूकम्प गएको पाँच वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गए पाँच बर्ष पुरा भएपनि निजी घर, सार्वजनिक भवन तथा सम्पदा निर्माणको काम भने अझै अधुरै देखिएको छ ।
भूकम्पबाट क्षति भएका घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सार्वजनिक भवन लगायतका पुनर्निर्माणको काम अझै पूरा नहुँदा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने झण्डै ८८ प्रतिशत घर पुनर्निर्माण सकिएको दाबी गरिरहेको छ । लाभग्राही सूचीमा परेका आठ लाख २७ हजारमध्ये पाँच लाख घर बनेका छन भने अहिलेपनि एक लाख ९० हजार घर निर्माणको चरणमा छन् । झण्डै ७० हजार घरलाई सुरक्षित बनाउन प्रबलीकरणको काम बाँकी छ । यस्तै भूकम्प प्रभावित ३२ जिल्लामा क्षतिग्रस्त सात हजार पाँच सय ५३ विद्यालयमध्ये पाँच हजार पाँच सय ९८ विद्यालय मात्रै बनेका छन् । एक हजार एक सय ९७ वटा स्वास्थ्य संस्थामध्ये पाँच बर्षमा ६ सय ६९ वटा स्वास्थ्य संस्थाको मात्र पुनर्निर्माण सकिएको छ ।
९ सय २० वटा सम्पदामध्ये आधाभन्दा कम अर्थात चार सय दुई वटाको मात्र पुनर्निर्माण भएको छ । महत्वपूर्ण धरोहर धरहरासहित रानीपोखरी, काष्ठमण्डप, सिंहदरबार, नुवाकोट दरबार, गुम्बालगायतका थुप्रै सम्पदा निर्माणको काम बाँकी नै छ । ठूलो जनधनको क्षती भएको भूकम्पका कारण आठ हजार सात सय ९० जनाको ज्यान गएको थियो । झण्डै २२ हजार घाइते भएका थिए । विनासकारी भूकम्पले अर्बैको भौतिक संरचनामा क्षति पुर्याएको थियो ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्