चैत २६ गतेबाट खुलेको तातोपानी नाका, दैनिक टनकाटन नेपाल भित्रिने स्वास्थ्य सामाग्री कहाँ जान्छ ?
काठमाडौं । देशका विभिन्न जिल्ला तथा स्थानीय तहले कोरोना टेष्टिङ किट, माक्स लगायत प्रयोगशालामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री अभाव भएको गुनासो गरिरहदा नेपाल चीनतर्फको तातोपानी नाकाबाट भने दैनिक स्वास्थ्य सामाग्री नेपाल भित्रिने गरेको पाइएको छ । चैत २६ गतेदेखि खुल्ला गरिएको तातेपानी नाकाबाट दैनिकजसो स्वास्थ्य सामग्री नेपाल भित्रिदैआएको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको हो ।
भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री पछिल्लो समय तातोपानी नाका हुँदै नेपाल भित्रिनेक्रममा बृद्धी भएको छ । भन्सार सञ्चालनमा आएदेखी हालसम्म एन–९५ पिसिआर मेसिन दुई थान, टेष्टिङ किट २० हजार थान तथा मास्क ७२ हजार पाँच सय थान, डिस्पोजेबल मास्क १२ हजार थान, स्यानिटाइजर २६ हजार ७ सय ३२ लिटर, पञ्जा तीन हजार नौ सय थान र पिपिई २१ हजार २६० थान नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । एक हजार थान प्रोटेक्टिभ चश्मा, २० हजार आठ सय थान डिस्पोजेबल शु–कभर, पाँच हजार आठ सय थान फेससेइल्ड र ४३० थान मेडिकल वेड म्याट्रिक्स पनि तातोपानी नाका खुलेपछि नेपाल भित्रिएको छ ।
तिब्बतले नेपाल सरकारलाई अनुदानमा दिएको आठ करोड ३१ लाख बराबरको स्वास्थ्य सामग्री दश हजार थान एन–९५ मास्क, दश हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई थान पीसीआर मेशिन, दश हजार थान टेष्टिङ किट र पचास थान वेट वाइपबाहेक अन्य स्वास्थ्य सामग्री निजी क्षेत्रले खरीद गरेर नेपाल ल्याएको पाइएको छ । चीनमा कोभिड –१९ को संक्रमण बढेपछि गत माघ १३ गतेदेखि बन्द तातोपानी नाका चैत १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सामान ल्याउने प्रयोजनमा खोल्ने निर्णय गर्दै चीन सरकारसँग आग्रह गरेको थियो ।
नाका खोल्ने निर्णय भएको दुई सातापछि अर्थात् चैत २६ गतेमात्रै निजी क्षेत्रले खरीद गरेको स्वास्थ्य सामग्री नेपाल ल्याएर नाका सुचारु गरिएको थियो ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्