कोरोना संक्रमितको संख्या ५७ पुग्यो, परिक्षणको विश्वसनियतामा प्रश्नैप्रश्न

काठमाडौं\वीरगञ्ज । बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५७ पुगेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा कोरोना पोजेटिभ देखिएपछि संक्रमितको संख्या ५७ पुगेको हो ।
जितपुर सिमरा नगरपालिकाका ४३ वर्षिया, सिम्रौनगढका ३१ वर्षिया र वीरगञ्ज–२ छपकैयाका ४६ वर्षिया पुरुष दिल्लीमा आयोजित तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका व्यक्ति हुन् । यसअघिका संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेको आधारमा खोजी गर्ने क्रममा तीन जना संक्रमित पहिचान भएको र उनीहरुको सम्पर्कमा रहेका अन्यको खोजी भैरहेको बताइएको छ ।
यसअघि रौतहटका दुई जनामा कोरोना पुष्टि भएको थियो । कोलकाताबाट फकिएकै समयमा चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका भुसहाका व्यक्तिमा यसअघि गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र जनकपुरको ल्याबमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेभिट आएर घर पठाइएपनि तीनै व्यक्तिमा परिवार र समुदायमा १० दिन बिताइसकेपछि संक्रमण पुष्टि भयो । कतिपय स्थानको र्यापिट किटको परिक्षणमै प्रश्न उठिरहदा पीसीआर नतिजा नै गलत आएको जनकपुरको ल्याब नै बन्द गरिएको छ ।
संक्रमण पहिचान भएको क्षेत्रलाई सिल गरिए पनि कोरोना परिक्षणकै बिश्वसनियतामा प्रश्न उठ्दा जोखिम बढ्नसक्नेतर्फ बिज्ञहरुले सरकारलाई सचेत गराएका छन् । नेपालमा पहिचान भएका संक्रमित मध्ये १६ जना उपचारपछि पुर्णरुपमा निको भएका छन् ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्