Techie IT
Mission Khabar

नेपालमा कोरोना निकोपार्ने औषधी बनाएको प्राध्यापकको दाबी, कसरी पुरा होला प्रयोग र अनुसन्धान ?


काठमाडौं\हेटौँडा । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स,अस्ट्रेलिया,क्यानाडा, भारत लगायतका दर्जनौँ मुलुक कोरोनाको उपचार पद्धति र औषधीको खोजीमा जुटिरहेका बेला नेपालस्थित एक प्राध्यापकले कोरोना निर्मुल पार्ने औषधी तयार गरेको दाबी गरेका छन् । कोरोनाको महामारी रोक्न बिश्व जगत असफल भैरहेको समयमा त्रिभूवन विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका प्राध्यापक डा. ललितकुमार दासले विभिन्न जडिबुटीको सम्मिश्रणबाट औषधी निर्माण गरेको दाबी गरेका हुन् ।

भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी उपाधि हासिल गरेका डा. दासले करिब २५ दिन लगाएर आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको बताएका छन् । वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको भन्दै डा. दासले सरकारसँग थप सहयोगको आव्हान गरेका छन् । कोरोना भाइरसको औषधी निर्माण गर्न विभिन्न निर्दशिकाहरु अनुरुप काम गरेर कडा मेहनत गरेको उनको दाबी छ ।

यसअघि यीनै प्राडाले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाएका थिए । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू ले बुधबार उनले अनुसन्धान गरेको प्रयोगशालामा पुगेर जानकारी लिएपनि यो औषधीको उपयोगिताको थप अनुसन्धान हुन भने बाँकी छ । डा. दासको दाबीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने भएकाले नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा जडिबुटीमा आधारित यो औषधीको प्रभावकारिता पुष्टि हुनेछ ।

विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न रहेका डा. दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष हुन् ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्