Techie IT
Mission Khabar

लकडाउनमा समेत यातायात व्यवस्था विभागमा २४ सैँ घण्टा काम, हातमा रसिद बोकेका सबैले लाईसेन्स पाउँने खुसीको खबर (फोटो डायरी)


काठमाडौं । लकडाउनका कारण देश एक महिनादेखी करिब करिब ठप्प छ । बजार पसलसँगै सरकारी अड्डा सुनसान बनिरहदा यातायात व्यवस्था विभाग भने खुल्ला छ । लाईसेन्स छपाईलाई लकडाउनमा समेत जारी राखेको विभाग प्रयोगात्मक परिक्षा पास भएर हातमा रसिद लिएका लाखौँ उपभोक्ताको हातमा लाईसेन्स पुर्यानेगरी कामलाई तिब्रता दिएको दाबी गरिरहेको छ ।

विभागमा अहिले तीन सिफ्टमा २४ सैँ घण्टा लाईसेन्स छपाईको काम भैरहेको छ । हरेक सिफ्टमा तीन–तीन जनाको समूहमा कर्मचारी व्यवस्थापन गरेर दैनिक ४५ सय लाईसेन्स छपाई भैरहेको विभागका महानिर्देशक गोगन हमालले मिसन खबरलाई बताए । उनले भने – ‘बैशाख २५ सम्ममा परिक्षा पास भएका मध्ये ८० प्रतिशतको लाईसेन्स छपाई सक्छौँ । पछि समेत समस्या नआओस भनेर विभाग लकडाउनपछि अर्को मास मेसिन ल्याउने तयारीमा जुटेको छ ।’

गत मंसिरमा धेरै लाईसेन्स छपाई गर्नसक्ने मास मेसिन आएसँगै विभागले छपाईलाई तिब्रता दिएपछि प्रयोगात्मक परिक्षा दिएर हातमा रसिद लिई बसेका करिब चार लाखको मात्रै लाईसेन्स छपाई सकेर बितरण गरेको थियो । अझै चार लाख लाइसेन्सको पखाईमा छन् ।

लक डाउन जारी रहदा अर्थात चैत २३ गतेबाट लाईसेन्स छपाईलाई तिब्रता दिएको विभाग उपभोक्ताको माग र लामो समयदेखी लाइसेन्सको पखाईमा रहेकाहरुको समस्या समाधानका लागि साच्चै जिम्मेवार भएको हो त ? यो भने वितरण प्रक्रिया सुरु भएसँगै प्रष्ट हुनेछ ।

यातायात व्यवस्था विभाग सधै उपभोक्ताको भीडभाड हुने अड्डा । अझ, राजनीतिक स्वार्थ अनुसार नेतृत्व परिवर्तन भैरहने निकाय । स्मार्ट लाईसेन्स जारी भएदेखी नै वितरण प्रणालीमा समस्या नै समस्या देखाएर आम सेवाग्राहीलाई बर्सौ कुराउँदै आएको विभागले अब लाईसेन्स समस्याको दिर्घकालिन समाधान देला त ? आम नागरिक अलमनमा रहेपनि लकडाउनमा जारी रहेको छपाईले भने आशावादी हुने ठाउँ दिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, विकास / पुर्वाधार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्