Techie IT
Mission Khabar

सुचारु भयो नारायणगढ–मुग्लिन सडकखण्ड, कहिलेसम्म पहिरोको जोखिम ?


काठमाडौं चिवतन । बर्षासँगै माथिबाट झरेको पहिरोले अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सडकमाथीको पाखोबाट खसेको पहिरोले बिहान पूर्णरुपमा अवरुद्ध भएको सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माथीबाट खसेको ढुंगामाटो केही पन्छाएपछि एकतर्फी रुपमा सञ्चालनमा आएको सडकखण्डको थप पहिरो हटाउने कार्य भइरहेको छ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण इच्छाकामना गाउँपालिका–६ जलबिरेमा सोमबार बिहानदेखी पहिरो खस्न थालेको थियो । पहिरोका कारण सडकखण्ड अवरुद्ध हुँदा लकडाउनमा चलेका अत्यावश्यक सवारीसधान बीचबाटोमै केहीबेर रोकिएपनि एकतर्फी सडक सञ्चालनपछि गन्तब्यतर्फ लागेका थिए ।

पानीसँगै झर्ने पहिरोका कारण हरेक बर्षादमा नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भैरहने समस्या हटाउन भन्दै सरकारको करोडौँ खर्चेर पहिरो रोकथामका लागि तारजाली कस्ने र माथीबाट खरेर बीचमा अड्किएको ढुंगा माटो हटाउने काम गरेपनि पहिरो रोकथाममा प्रभावकारी नहुने संकेत अहिलेको अबरोधले देखाएको छ ।


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्