कोरोना विरुद्ध विश्वका शीर्ष नेताको साझा अभियान, ८ अर्ब अमेरिकी डलर संकलन हुँदा अमेरिका र रुस भने मौन
काठमाडौं एजेन्सी । कोरोना भाइरस विरुद्धको खोप निर्माणका लागि आश्वयक बजेट जुटाउन विश्वका शीर्ष नेताहरुले थालेको पहलमार्फत ८ अर्ब बढी अमेरिकी डलर जम्मा भएको छ । युरोपियन युनियनको पहलमा कोरोना भाइरसविरुद्धको खोपका लागि रकम जुटाउन गरिएको अपिलमा विभिन्न क्षेत्रका व्यक्तिले सक्रियता देखाएर ८ अर्ब अमेरिकी डलर जम्मा भएको हो ।
इयुले सुरु गरेको सहयोग सम्बन्धी अनलाइन सम्मेलनमा विश्वका ४० देश तथा दाताको सहभागिता पाइएको छ । इयु कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लायेनले सहयोगमार्फत जुटेको रकमले कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानमा विश्वव्यापी सहकार्यलाई सुरुवात गर्ने बताएकी छिन् । खोप बनाउने अभियानमा अझै धेरै सहयोग र सहकार्यको खाँचो रहेकोतर्फ सचेत गराएकी उनले अहिलेसम्मको सहयोगले मानवता र एकता झल्काएको बताइन् । अनलाइन सम्मेलनमा भाग लिएका मध्ये ३० भन्दा बढी देश, संयुक्त राष्ट्रसंघ, दातृ निकाय, अनुसन्धान इन्स्टिच्युड र केही व्यक्तिले समेत रकम दान गरेका छन् ।
ब्रसेल्सबाट सोमबार होस्ट गरिएको सम्मेलनमा पप गायिका म्याडोनाले ११ लाख अमेरिकी डलर सहयोग गर्ने वचन दिइन् । युरोपियन कमिसनले खोप निर्माणका लागि खडा गरिएको कोषमा एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । फ्रान्स, जर्मनी र साउदी अरेबियाले ५०० मिलियन युरो, जापानले ८०० मिलियन अमेरिकी डलर भन्दा बढी सहयोग गर्ने वचन दिएका छन् । कोरोना भाइरसको उत्पती भएको चीनको तर्फबाट सम्मेलनमा युरोपियन युनियनका लागि चिनियाँ राजदुतले भाग लिएपनि चीनले औँपचारिक रुपमा सहयोग गरेको छैन ।
यो अभियानमा अमेरिका र रुसले भने भाग लिएका छैनन् । उनीहरुले अहिलेसम्म कुनै सहयोग समेत दिने घोषणा गरेका छैनन । सम्मेलनबाट संकलन भएको रकममध्ये चार अर्ब ४० करोड अमेरिकी डलर खोप निर्माणमा र एक अर्ब ६० करोड डलर खोपको परीक्षणका लागि खर्च गरिने छ । यस्तै, दुई अर्ब डलर उपचारको खोजीका लागि छुट्याइने बताइएको छ । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघले प्रभावकारी खोप या औषधि बिना कोरोना भाइरसमाथि नियन्त्रण कायम गर्न र जनजिवन सामान्य बनाउन सम्भव नभएको पटक पटक दोहोर्याएपछि अर्थ संकलन कोष बनाइएको हो ।
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण यो समाचार तयार पर्दासम्म विश्वभर साँढे २ लाख बढीको ज्यान गएको छ भने संक्रमितको संख्या साँढे ३६ लाख नाघेको छ । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मात्रै १२ लाख बढी संक्रमित पहिचान हुँदा मृतकको संख्या ७० हजार हाराहारी पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार कोरोना भाइरसविरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा तयार हुने दाबी गरेका थिए । विश्वभर खोप निर्माणका लागि तीव्र गतिमा प्रयास भैरहेपनि कसैले सफलता पाउन सकेका छैनन ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा पर्याप्त काम नगरेको तथा चीनको पक्ष लिएको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले इयुको पहलमा भएको अनलाइन सम्मेलन र विश्वका नेताहरुको एकताको सन्देशलाई साथ देलान त ? सबैको प्रतिक्षा यसैमा छ
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, विकास / पुर्वाधार, विश्व / विविध, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्