Techie IT
Mission Khabar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरउन्नतीको काम तिब्र, धावनमार्ग विस्तार अन्तिम चरणमा


काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धानवमार्ग बिस्तारको काम करिब करिब अन्तिम चरणमा पुगेको छ । ३०० मिटर धावन मार्ग थप पर्ने काम अन्तिम चरणमा पुगेको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख मुरारी भण्डारीले जानकारी दिएका हुन् । विमानस्थलको धावन मार्ग थप गर्ने काम विगत एक वर्षदेखि सुरु भएकोमा अहिले पेभमेन्ट अर्थात माथिल्लो भाग पिच गर्ने काम भइरहेको छ ।

आयोजना प्रमुख भण्डारीले धावनमार्गको पिच विभिन्न चरणमा गरेर २६ सेन्टिमिटर मोटो बनाउनुपर्ने भएकाले केही समय लागेपनि लकडाउनका कारण अत्यावश्यक या आकश्मिक बाहेक विमान सञ्चालन नहुँदा दिन रात गरेर ७५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । सामान्य अवस्थामा रातिको समयमा पिच गर्ने तयारी भैरहेको थियो । पिच गर्नका लागि चाहिने सामग्री बाहिर जिल्लाबाट ल्याउनुपर्दा पास लगाएको समस्या भएपनि धावनमार्ग विस्तारको कामले निरन्तरता पाइरहेको छ । पछिल्ला केही दिनयता मौसममा निरन्तर बदली देखिदा भने काम गर्न असहज भएको निर्माण पक्षले जानकारी दिएको छ ।

तीन हजार ५० मिटरको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा ३०० मिटर थपेर ३३ सय ५० मिटर लम्बाई बनाउने योजना अनुसार धमाधम काम भैरहेको छ । धावनमार्ग बिस्तारको काम गरिरहेको निर्माण कम्पनी कालिका टुन्डी जेभीको सब कन्ट्रयाक्टर ए वान विल्डर्स प्रालि तीव्र गतिमा काम गरेको दाबी गर्दै तोकिएको समय अगाबै सम्पन्न गर्ने बताउँछ । आउँदो असार १० सम्म निर्माण सम्पन्न गर्ने गरी २०७५ पुस १८ गते निर्माण सम्झौता भएको थियो ।

त्रिभूवन विमानस्थलमा हाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार कोड फोर इ (वाइड बडी) क्षमतासम्मका जहाज मात्रै अवतरण हुनेगरेका छन् । धावनमार्ग बढाएसँगै विमानस्थलको क्षमता अभिबृद्धीका साथै थप सुरशित हुने विश्वास लिइएको छ । विमानस्थल बिस्तारका लागि ८६ करोड लागत लाग्ने अनुमान छ ।


क्याटेगोरी : विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्