पीसीआर परिक्षणको दायरा बढाउँदै सरकार, बढ्दै संक्रमित

काठमाडौं । नेपालमा कोरोना परिक्षण निक्कै कम भएको गुनासो बढीरहदा पछिल्लो केही दिनदेखी भने परिक्षणको दायरा बढेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ सय ९९ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको पाइएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबारसम्म पीसीआर विधिबाट १७ हजार ८ सय ९ जनाको कोरोना संक्रमण परीक्षण भएको जानकारी दिए । र्यापिट किटको परिक्षणलाई तिब्रता दिइएपनि पीसीआर परिक्षण सुस्त भएको गुनासो जनस्तरमा मात्रै होइन प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले गर्दै आएका थिए ।
नेपालमा गत शुक्रबार स्वीटजरल्याण्ड सरकारले सहयोग दिएको ३० हजार थान पीसीआर किट आएपछि परिक्षणको दायरा बढाइएको मन्त्रालयले जनाएको छ । विदेशबाट फर्किएका नेपाली, संक्रमितको सम्पर्कमा रहेका व्यक्ति र जोखिम क्षेत्रमा रहेका व्यक्तिको स्वाब पछिल्लो समय पीसीआर परीक्षण मार्फत नै गर्नेगरिएको छ ।
सोमबार थपिए ११ संक्रमित
पीसीआर परिक्षणको दायरा बढाउँदैगर्दा सोमबार मात्रै नेपालमा थप ११ जना नयाँ कोरोना संक्रमित पहिचान भए । कपिलवस्तुमा १० र सप्तरीमा एक जना संक्रमित पहिचान भएपनि नेपालमा अहिलेसम्म ८९ पुरुष र ३२ जना महिला गरी १२१ जनामा कोरोना संक्रमण पाइएको छ । प्रदेश ५ मा सबैभन्दा बढी ४० जना, प्रदेश १ मा ३५, प्रदेश २ मा ३२ जना कोरोना संक्रमित पहिचान भएका छन् । यस्तै, बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिदा गण्डकी प्रदेशमा २, सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेश अहिलेसम्म कोरोना संक्रमणमुक्त छ ।
देशका विभिन्न अस्पतालमा १ सय ५३ जना शंकास्पद बिरामी आइसोलेसनमा उपचाररत छन् । सोमबार कोसी अस्पताल विराटनगरमा उपचाररत २ जना संक्रमित डिस्चार्ज भएसँगै उपचारपछि निको हुनेको संख्य ३३ पुगेको छ ।
क्याटेगोरी : विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्