भरिदै प्रदेश पाँचका कोरोना विशेष अस्थायी अस्पताल, नयाँ पहिचान भए राख्ने समस्या

बुटवल । कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बढेसँगै बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पताल भरिभराउ भएको छ । ३६ वटा आइसोलेसन शैयाको कोरोना विशेष अस्पताल रुपन्देहीका १५ र बाँकी कपिलवस्तुका कोरोना संक्रमितका कारण भरिएको हो ।
भवन बाहिर टेन्टमा १४ बेड बनाइएको भएपनि बर्षा र सर्पदंशका कारण जोखिम हुने भएपछि थप बिरामी राख्न समस्या हुने भएको छ । अस्पतालका अध्यक्ष सूर्यबहादुर घट्टराईले धागो कारखाना परिसरमै अर्को भवनमा दुई सय बेड थप्ने निर्णय भएपनि सवै प्रक्रिया पूरा गरेर आवश्यक पुर्वाधार र जनशक्ति थप गर्न समय लाग्ने बताए । सरकारले धागो कारखानाको भवनलाई कोरोना विशेष अस्पताल घोषणा गरेर ३६ वटा आइसोलेसन बेड बनाएका कारण अहिलेसम्म कोरोना संक्रमित राख्न सजिलो भएपनि थपिएका संक्रमित कहाँ, कसरी राख्ने भन्ने चिन्ता थपिएको छ ।
प्रदेश ५ सरकारले बुटबलको धागो कारखानासँगै भैरहवाको भीम अस्पताल, दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पताल र नेपालगञ्जको शुशील कोइराला क्यान्सर अस्पताललाई कोरोना विशेष आइसोलेसन अस्पताल बनाउने निर्णय गरेको थियो । २५ बेड आइसोलेसन बेड रहेको नेपालगञ्जको अस्पताल भरिएको छ भने भीम अस्पतालमा ३० मध्ये १० बेड खाली रहेको बताइएको छ । दाङको कोरोना अस्पतालमा ८८ वटा आइसोलेन बेड खाली भएपनि बर्दियाका संक्रमितलाई राख्न खोज्दा सुुन्दरनगर गाउँपालिका प्रमुखले विरोध गरेका कारण अन्य क्षेत्रका विरामीले प्रवेश पाउने सम्भावना निकै कम देखिएको छ ।
क्याटेगोरी : विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्