Techie IT
Mission Khabar

काठमाडौंमा लकडाउन कडा भएकै हो त ? हेरौँ यस्तो देखियो बिहीबार (फोटो डायरी)


काठमाडौं । विभिन्न ४२ बिधाका उद्योग पसल र औद्योगिक क्षेत्र खुल्ला गर्ने निर्णयगरेसँगै काठमाडौं उपत्यकामा खुकुलो जस्तो बनेको लकडाउन बिहिबारबाट कडा बनाइएको छ ।

उत्पादनमुलक उद्योग सञ्चालन गरेर अर्थतन्त्रलाई केही चलायमान बनाउने सरकारको निर्णयसँगै अघिल्लो आइतबारबाट सवारी साधन सञ्चालनमा केही सहजता देखिएको थियो । मंगलबार बेलुका काठमाडौं उपत्यकामै तीन जना संक्रमित भेटिएपनि गृह मन्त्रालयले सबै सवारी पास रद्द गर्दै बिहीबारदेखि लकडाउनमा कडाई गर्ने निर्णय गरेको थियो । बिहीबार भने लकडाउनमा कडाई गर्दै उपत्यकाको सवारी जाँच बढाइएको छ ।

विभिन्न चोकचोकमा लकडाउन उल्लंघन गर्ने सवारी साधन पक्राउ गरेर राखिएका छन भने सडक सुनसान बन्न थालेका छन् । उपत्यकाको बिहिबारको लकडाउनको अवस्था यी फोटोमा ।

सडकमा मानिसको आवात जावत नै निक्कै कम देखिएको छ । अत्यावस्यक सेवाका साधनहरु, उपभोग्य वस्तुका साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिको सवारी साधनलाई जाँच गरेर छाड्ने गरेपनि सवारी पास नभएका सवारी साधनलाई प्रहरीले धमाधम नियन्त्रणमा लिएको छ ।

उपत्यकाका भित्रि सडकहरुमा केही उपभोग्य खाद्य पसलहरु भने खुलेका छन । मुख्य सडकमा भीडभाड कम भएपनि आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्नेहरु भने घटेका छैनन ।


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्