पथलैयाका युवाहरुले निर्माण गरे प्रदेशकै पहिलो स्वचालित सेनिटाईजिंग बुथ

काठमाडौं \बारा । कोभिड १९ को संक्रमण दिनप्रतिदिन बढिरहँदा महामारी रोकथामका लागि भन्दै बाराको जितपुर सिमरा उप महानगरपालिकामा १ पथलैया निवासी युवाहरुको समुहले प्रदेश २ मै पहिलो अटोमेटिक सेनिटाईजिंग बुथ निर्माण गरेका छन् । स्वचालित बुध खानेपानी उपभोक्ता तथा सरसफाई समिति पथलैयाको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
महसुल बुझाउने ग्राहक बर्गलाई स्यनिटाइज् गर्नको निम्ति खानेपानी उपभोक्ता तथा सरसफाई समिति पथलैयाले करिब एक महिना अघि देखि यो बुधलाई प्रयोगमा ल्याएको छ । बुथ निर्माण गर्ने प्राबिधिकहरु एउटै परिवारका दाजुभाइहरु हुन् । कठिन परिस्तिथिलाई केही सहज बनाउने अविश्कारमा लाग्ने सोच भएपनि आर्थिक तथा बजार व्यवस्थापनको असहजताले काम गर्न सम्भव नभएको प्राबिधिक भुवन थापाले बताए । कठिन र जटिल परिस्तिथिमा प्राविधिकहरू सधै अग्रस्थानमा हुनुपर्ने दाबी गर्दै अर्का प्राबिधि रुवन थापाले उपमहानगरपालिकाले सहयोग गरे कोरोना पहिचान तथा उपचारका क्रममा क्वारेन्टाइन र आइसोलेसनमा बस्नेहरुलाई खाना पुर्याउने रोबोट पनि निर्माण गर्न सकिने जानकारी दिए ।
खानेपानी कार्यालयमा जडान गरिएको टनेलभित्र कुनै ब्यक्ती पस्नासाथ स्वचालित रूपमा सेनिटाइजर स्प्रे हुन्छ । एक व्यक्तिलाई स्प्रे गर्दा करिब ६० मिलीलिटर खर्च हुन्छ। टनेलमा रहेको २०० लिटर ट्यान्कीले करिब ३४०० जनालाई सेनिटाइजेसन गर्न पुग्ने सबईन्जिनियर जीवन थापाले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्यानिटाईज लगाएका विभिन्न औषधी छिटेर मात्रै कोरोनाको जोखिम कम नहुने दाबी गरिरहदा पनि देशका विभिन्न भागमा किटनासक औषधीको प्रयोग बढिरहेको छ ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्