Techie IT
Mission Khabar

सेनाले खरिद गरेको करिब १९ हजार किलो स्वास्थ्य सामाग्री चार्टर्ड विमानमार्फत काठमाडौं आइपुग्यो


काठमाडौं । नेपाली सेनाले जीटुजी मार्फत खरिद गरेको १८ हजार ९ सय ७१ किलो स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ । कोरोना भाइरस विरुद्धको अभियानका लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री नेपाली सेनाले नेपाल एयरलाइन्सको चार्टर्ड विमान मार्फत काठमाडौं ल्याइपुर्याएको हो ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट दुई अर्बमा ६७ प्रकारका ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भए अनुसार नै पहिलो विमानमार्फत १८ हजार ९ सय ७१ किलो स्वास्थ्य सामाग्री ल्याइएको जानकारी दिए । ग्लोब्स, मास्क, फेस मास्क, गाउनसहितका व्यक्तिगत सुरक्षात्मक सामग्री (पीपीई) र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री ल्याइएको सेनाले जानकारी दिएको छ ।

सेनाले गरिद गरेको सामान लिन सोमबार बेलुका गएको विमान मंलबार बिहान फर्किएको हो । यसअघि शनिबार मात्रै स्थलमार्ग हुँदै सेनाले खरिद गरेको सामान पहिलो पटक काठमाडौँ आइपुगेको थियो ।


क्याटेगोरी : विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्