Techie IT
Mission Khabar

संक्रमित बढ्दै जाँदा यस्तो छ स्वास्थ्य सामाग्रीको मौजाद, ६६ करोड बराबरको थप सामाग्री किनिदै


काठमाडौं । कोरोना संक्रमितहरु बढ्दै जाँदा सरकारले स्वास्थ्य सामाग्री लगायतको पूर्वाधार ब्यवस्थापनमा चासो देखाउन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलका अनुसार विगतमा १५ सय केशको पूर्वानुमान गरेर कोभिडका लागि आवश्यक पर्ने सामाग्री मौजात राखेकोमा अहिले संक्रमित बढेसँगै पाँच हजार केसलाई चाहिने गरि जोहो गर्न लागिएको हो ।

सरकारले अहिलेसम्म ९२ करोडका स्वास्थ्य सामाग्री खरिद गरेकोमा थप ६६ करोड बराबरमा सामाग्री खरिद प्रक्रिया सुरु गदैछ । ब्यवस्थापन महाशाखाका प्रमुख डोटेलका अनुसार अहिले सरकारसँग १२ हजार भीटिएम मौजादमा छन् । १ लाख भीटीएम मध्ये ८८ हजार प्रदेशमा पठाइएको छ । २ लाख पाँच हजार भीटीएम खरिद प्रक्रियामा रहेको बताइएको छ । १ लाख २८ हजार पीसीआर किट आएकोमा ७८ हजार प्रदशलाई वितरण गर्दा अझै ५० हजार मौजादमा छ । १ लाख ७५ हजार खरिद प्रक्रियामा रहेको व्यवस्थापन महाशाखाले जानकारी दिएको छ । एक लाख ७५ हजार आरडीटी किट मध्ये ८० हजार फिल्डमा रहेको तथा रिपोर्ट आउने क्रम जारी रहेको बताइदैगर्दा थप १ लाख २१ हजार किटको खरिद प्रक्रिया थालिएको छ ।

१ लाख ४६ हजार पीपीई सेट मध्ये प्रदेशमा ५४ हजार पठाइएपछि ९२ हजार पीपीई सेट मौजादमा छ । १५ लाख माक्स, एन ९५ एक लाख ८० हजार, ग्लोब्स २ लाख ७८ हजार, सु कबर ५३ हजार, सर्जिकल क्याप १७ हजार, आइआर थर्मोमिटर ६ सय मौजादमा रहेको बताइएको छ । १७ लाख माक्स, ५७ हजार पीपीई सेट, ५२ हजार एन ९५ माक्स र १० हजार बोतल सेनिटाइजर प्रदेशमा पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ब्यवस्थापन महाशाखाले जानकारी दिएको छ ।

प्रदेश निर्देशनालय, प्रदेश आपूर्ती ब्यवस्थापन केन्द्र मार्फत कोभिडका लागि आवश्यक सामाग्रीको वितरण र डाटालाई पारदर्शी गरिएको सरकारी दाबी छ । केश देखिएका जिल्ला र केन्द्रिय अस्पतालमा महाशाखाबाट समेत आवश्यक सामाग्री बितरण भैरहदा जिल्ला र स्थानीय तहमा प्रदेशबाट कोभिडका लागि आवश्यक सामाग्री वितरण भैरहेको छ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्