Techie IT
Mission Khabar

४७ जिल्लामा कोरोना विस्तार, क्वारेन्टाइन बेड मात्रै थप्ने कि आइसोलेसनको संख्या र गुणस्तर सुधार्ने ?


काठमाडौं । यतिबेलासम्म प्रदेश १ का ७, दुईका सबै ८ जिल्ला, बागमती प्रदेशका ११ जिल्ला, गण्डकी प्रदेशका ४, प्रदेश पाँचका ९, कर्णाली प्रदेशका ३ र सुदुर पश्चिम प्रदेशका ५ गरी ४७ जिल्लामा कोरोना भाइरसको संक्रमण विस्तार भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश १ मा ७ हजार ६ सय ६ क्वारेन्टाइन, प्रदेश २ मा १४ हजार ९९, बागमती प्रदेशमा ८ हजार १ सय ७८, गण्डकी प्रदेशमा ४ हजार ७ सय ६४, प्रदेश पाँचमा ३८ हजार ६ सय ६७, कर्णाली प्रदेशमा १८ हजा १ सय ६४ र सुदुरपश्चिम प्रदेशमा २५ हजार ५ सय ६६ गरी देशभर १ लाख १७ हजार ४४ क्वारेन्टाइन बिस्तार गरिएका छन् । बुधबार साँझसम्म क्वारेन्टाइनमा बस्नेहरुको संख्या ७० हजार ३ सय ५ रहेको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि आवश्यक पर्ने आइसोलेसन बेडलाई भने थप जोखिमको आँकलन गरेर पनि बिस्तार गर्न सकिएको छैन । अहिलेसम्म प्रदेश १ मा ४ सय ५५ आइसोलेसन बेड, प्रदेश नम्बर २ मा ५ सय ७१, बागमती प्रदेशमा १ हजार १०, गण्डकी प्रदेशमा २ सय ३५, प्रदेश पाँचमा ५ सय ३४, कर्णाली प्रदेशमा ५ सय ५० र सुदुरपश्चिम प्रदेशमा १ सय ६८ गरेर देशैभर ३५ सय २३ आइसोलेसन बेडको बिस्तार गरिएको छ ।

बुधबार साँझसम्म आइसोलेसनमा बसेर उपचार गर्ने बिरामीहरुको संख्या ७ सय १४ छ । यी मध्ये प्रदेश १ मा ७३ जना, प्रदेश २ मा २ सय २६, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ११, प्रदेश पाँचमा सबैभन्दा बढी ३ सय २५, कर्णाली प्रदेशमा ४०, र सुदुरपश्चिम प्रदेशमा १२ जना उपचाररत छन् । अहिलेसम्म १ सय ८३ जना डिस्चार्ज भएका छन् । अहिले उपचाररत प्रदेश एक, दुई र पाँचका कतिपय आइसोलेसन मापदण्ड अनुसार नभएको, बस्न खान नै समस्या रहेको, फोहोर र एउटै सौचाएका कारण सास्ती ब्यहोनुपर्ने खालका भएको गुनासो आइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै क्वारेन्टाइन र आइसोलेसनको पूर्वाधार सुधार्न निर्देशन दिइरहँदा समेत विश्वस्वास्थ्य संगठनले तोकेको मापदण्ड त परको कुरा देशकै स्वास्थ्य मापदण्ड समेत पुरा गरिएको छैन । अहिले देशभर २० वटा पीसीआर ल्याब बिस्तार गरेर कोरोनाको स्बाव परिक्षण गरिएपनि ढिला रिपोर्ट आएको गुनासो ब्यापक छ । बुधबार साँझसम्म १ लाख २ सय ८७ जनाको आरडीटी परिक्षण गरिएको छ भने ५८ हजार २ सय ७७ जनाको पीसीआर बिधिबाट परिक्षण भएको छ । छिमेकी भारत लगायत विश्वका विभिन्न राष्ट्रले पीसीआर परिक्षण खारेज गरिरहँदा नेपालमा भने साँढे १ लाख थप किट खरिदका लागि टेण्डर भएको छ ।

बुधबार ललितपुरको किस्ट हस्पिटलमा उपचाररत एक दिर्घ रोगीको पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि गर्दै रिपोर्ट आयो । योसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका पाँच मध्ये चार जनाको स्बाबको रिपोर्ट मृत्यु पछि मात्रै आएको छ । कतिपयले त सांसद नेताहरुको स्बावको रिपोर्ट केही घण्टामा जनताको रिपोर्ट पाँच सात दिनमा भन्दै बिभेदकारी ब्यवहार भएको भन्दै सरकारको आलोचना गरिरहेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्